कास्की - २०७४ को स्थानीय तहको चुनावमा भन्दा अब हुन लागेको चुनावमा कास्कीमा ५७ हजार २२ जना मतदाता थपिएका छन् । त्यसमध्ये पोखरा महानगरपालिकामा मात्रै ३९ हजार ६ सय ४५ जना मतदाता थपिएका छन् । अघिल्लो निर्वाचनमा पोखरा महानगरमा करिब १४ हजार मतान्तरसहित एमालेले मेयर, उपमेयर र २२ वटा वडा तथा बाँकी ११ वडामा नेपाली कांग्रेसले जितेको थियो ।
पोखरा महानगरपालिकामा २०७४ को स्थानीय तहकाे चुनावमा १ लाख ६८ हजार ६७ जना मतदाता थिए भने अहिले २ लाख ७ हजार ७ सय १२ जना मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय क...