२०७४ सालमा भएको निर्वाचनको बेला भन्दा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदाता सङ्ख्या बढेको छ । हामीले आगामी निर्वाचनका सन्दर्भमा देशमा ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा फेरिएको मतदाता सङ्ख्या प्रस्तुत गरेका छौँ ।बितेको ५ वर्षमा विराटनगर महानगरपालिकामा १९ हजार ३ सय ८१ मतदाता बढेका छन् । काठमाडौँ महानगरपालिकामा २० हजार ९ सय ३३ मतदाता बढेका छन् । ललितपुर महानगरपालिकामा ९ हजार ९ सय ६८ मतदाता बढेका छन् । यस्तै पोखरा महानगरपालिकामा ३९ हजार ६ सय ४३ मतदाता बढेका छन् । भरतपुर महान