तराईका महानगरमा महिला मतदाता कम, अन्य महानगरमा महिला बढी

२०७८ सालमा भएको जनगणनामा देशैभरका जनसङ्ख्याको स्थिति हेर्दा पुरुषभन्दा महिला करिब ७ लाखले बढी छन् । महिलाकै सङ्ख्या बढी भएको कारण तर मतदाता सूचीमा हेर्ने हो भने महिलाभन्दा पुरुषको सङ्ख्या बढी देखिन्छ । निर्वाचन आयोगले जारी गरेको मतदाता सूचीलाई हेर्ने हो भने स्थानीय तह निर्वाचन २०७९ मा ८९ लाख ९२ हजार १० हजार पुरुष मतदाता छन् भने महिला मतदाताको सङ्ख्या ८७ लाख ४१ हजार ५३० जना रहेका छन् । यसरी हेर्दा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या झण्डै ३ लाखले कमी देखिन्छ ।मुख्य मुख्य सहरी क्षेत्रको मतदाता