एक सर्वेक्षणअनुसार नेपालकाे राजनीति गलत दिशामा बढिरहेकाे तथ्य बाहिर आएकाे छ। त्यस्तै सर्वेक्षणमा ६० प्रतिशत उत्तरदाताले नेताहरूकाे भाषणमा विश्वास नगर्ने तथ्य खुलेकाे छ। नेताका कुरा पत्याउनेमा ६ प्रतिशत जनतामात्रै छन्। त्यस्तै ५१.७ प्रतिशत उत्तरदाताले हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने बताएका छन् भने धर्मनिरपेक्ष नै ठिक छ भन्ने उत्तरदाता ४०.३ प्रतिशत देखिएका छन्।