काेराेनाले निरन्तर रूपमा आफ्नो स्वरूप फेरिरहेकाे छ। हालै भारतमा पुनः यसकाे नयाँ भेरियन्ट भेटिएकाे छ। ‘डबल म्युटेन्ट भेरियन्ट’ नामक काेराेनाकाे याे भेरियन्टबाट भारतमा निरन्तर संक्रमित थपिइरहेका छन्। दुईवटा म्युटेशन भएको याे भाइरस रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने क्षमता राख्दछ। विज्ञहरूकाअनुसार याे बढी संक्रामक छ। यद्यपि यसबारे थप अध्ययन भइरहेकाे छ।