नोबेल अस्पतालमा अक्सिजन अभाव, कोरोनाका नयाँ बिरामी भर्ना नलिने

१२ जेठ, विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका नयाँ बिरामीको भर्ना लिन बन्द गरेको छ । अक्सिजन अभाव भएपछि नयाँ बिरामीको भर्ना बन्द गरेको नोबेल अस्पतालले जनाएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका …

सम्बन्धित सामग्री

भेरीमा भण्डारण गरियो लिक्विड अक्सिजन

बाँके । पश्चिम नेपालमै कोरोना उपचार केन्द्र बनेको नेपालगञ्जस्थित भेरी अस्पतालमा जडान गरिएको अक्सिजन ट्यांकमा मंगलवार लिक्विड अक्सिजन भण्डारण गरिएको छ ।      अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीलाई अक्सिजन अभाव हुन नदिन जडान गरिएको अक्सिजन ट्यांकमा लिक्विड अक्सिजन भण्डारण गरिएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बताए । उनका अनुसार भारतबाट मंगलवार दिउँसो आइपुगेको ‘अक्सिजन लिक्विड’ बोकेको ट्यांकरबाट अस्पताल परिसरमा जडान गरिएको ट्यांकीमा लिक्विड अक्सिजन भण्डारण गरिएको हो । ट्यांकरमा आएको २० हजार लिटर लिक्विड अक्सिजनमध्ये १० हजार लिटर भेरी अस्पतालको ट्यांकीमा भण्डारण गरिएको छ भने बाँकी १० हजार लिटर नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका लागि पठाइएको छ ।      अस्पतालको अक्सिजन ट्यांकीमा अक्सिजन भण्डारण भएपछि कोरोनाका बिरामीलाई उपचार गर्न अब सहज हुने डा. थापाको भनाइ छ । कोरोनाको दोस्रो लहरमा बिरामीलाई अक्सिजन अभाव भएपछि भेरी अस्पतालमा २० हजार लिटर अक्सिजन लिक्विड भण्डारण क्षमताको अक्सिजन ट्यांकी जडान गरिएको हो ।      कोरोना महामारीका कारण अस्पतालमा अक्सिजन अभावको अवस्था आएपछि यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न अक्सिजन ट्यांकी जडान गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए ।      भेरी अस्पतालको कोभिड वार्डमा बिरामीको चाप बढेसँगै अक्सिजनको माग पनि बढेको छ । भेरी अस्पतालमा दिनमा दुई सय ५० देखि तीन सय थान अक्सिजन सिलिन्डर खपत भइरहेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. थापाले जानकारी दिए ।       उनका अनुसार, सामान्य अवस्थामा अस्पतालमा दिनमा १० देखि १५ वटा ठूला अक्सिजन सिलिन्डर मात्रै प्रयोग हुने गरेकामा कोभिडका धेरै बिरामीमा अक्सिजनको माग बढेकाले खपत पनि बढेको हो । अस्पतालमा रहेका अधिकांश बिरामी अहिले अक्सिजनसहित उपचार कक्षमा छन् ।      एउटा अक्सिजन सिलिन्डरका लागि ९ सय १५ खर्च हुन्छ । नेपालगञ्जमा दुई वटा मात्रै अक्सिजन सिलिन्डर आपूर्तिकर्ता छन् । ती दुवैले भारतको एउटै कम्पनीबाट तरल अक्सिजन आपूर्ति गरी सिलिन्डर भरेर नेपालगञ्जका विभिन्न अस्पतालमा दिने गरेका छन् । कोरोना भाइरस संक्रमित बिरामीको शरीरमा अक्सिजनको मात्रा घट्दै जाँदा अक्सिजन दिएर बचाउन सकिने डा. थापाको धारणा छ । रासस

अक्सिजन अभाव : कर्णाली प्रदेश अस्पतालले कोरोनाका बिरामी भर्ना नलिने

कर्णाली प्रदेश अस्पताल सुर्खेतले अक्सिजनको अभाव भएको भन्दै कोरोनाका नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पतालले शुक्रबार साँझ सूचना निकालेर अक्सिजन अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने जनाएको हो । नेपालगन्जबाट...

अक्सिजन सिलिन्डर फर्काउँदै व्यवसायी

मुलुकभर कोरोनाका बिरामी बढेसँगै अक्सिजन अभाव देखिएपछि उद्योगी तथा निर्माण सम्बद्ध व्यवसायीले अक्सिजनका सिलिन्डर फर्काउन थालेका छन् ।

जिल्ला अस्पताल बैतडीमा अक्सिजन अभाव, जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगविहीन

बैतडी : कोरोनाका बिरामी बढ्दै गएपछि जिल्ला अस्पताल बैतडीमा अक्सिजन अभाव भएको छ। अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले कोरोनाका जटिल खालका बिरामी बढेकाले अस्पतालमा अक्सिजनको अभाव भएको बताए। अहिले अक्सिजन चाहिने बिरामीलाई भर्ना गर्न सकिने अवस्था नरहेको उनले बताए।अस्पतालमा उपचाररत १३ जना कोरोना संक्रमितमध्ये १० जनाको अक्सिजन सपोर्टमा उपचार भइरहेको छ। भर्ना भएका बिरामीका लागि मात्रै अक्सिजन रहेको डा. जोशीले बताए।‘जिल्ला अस्पतालमा अक्सिजनको अभाव भएसँगै कोरोनाका बिरामीहरुलाई बाहिर रेफर गर्नु परिर

बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव

बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव भएको छ । अक्सिजन अभावकै कारण अस्पतालले बुधबार साँझदेखि कोरोनाका थप बिरामी भर्ना लिन सकिरहेको छैन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र उसले सञ्चालन गरेको धागो कारखानाको कोभिड विशेष अस्पतालमा अक्सिजनको चरम अभाव भएको हो ।...

अक्सिजन अभाव भएपछि बिरामी भर्ना लिन छाडियो

बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव भएको छ। अक्सिजन अभावकै कारण अस्पतालले बुधबार बेलुकीदेखि कोरोनाका थप बिरामी भर्ना लिन सकेको छैन।...

बेलझुण्डी अस्पतालमा अक्सिजन अभाव हुँदा एक जनाको ज्यान गयो

दाङ – दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव हुँदा एक जनाको ज्यान गएको छ । शनिवार (हिजाे) रातिदेखि अक्सिजन अभाव भएको र अक्सिजनकै अभावका कारण केहीबेर अघि एक जना कोरोनाका बिरामीको ज्यान गएको अस्पतालका सम्पर्क व्यक्ति द्रोण वलीले उज्यालोलाई जानकारी दिनुभयो । कोरोना विशेष अस्पताल बेलझुण्डी अस्पतालमा ५९ जना बिरामी रहेकोमा ४० जना सिकिस्त छन् । अक्सिजन नहुँदा कैयौँको ज्यान जोखिममा परेको वलीले बताउनुभयो  ।  अस्पतालले नेपालगञ्जबाट अक्सिजन ल्याउँदै आएको छ । अक्सिजन लिन गएको ट्रक ला...