बृहत् नागरिक आन्दोलन, भाषिक अधिकार संघर्ष समिति, आदिवासी जनजाती महासंघ लगायतले मुलुकभर बाेलिने सबै भाषालाई सरकारी कामकाजकाे भाषाकाे मान्यता दिन माग गर्दै मार्चपास गरेका छन्। बालाजु क्षेत्रमा भइरहेको सडक विस्तारको विरोधका क्रममा पक्राउ परेकाहरूले मातृभाषा प्रयोग गरेको भन्दै प्रहरीले कुटपिट गरेपछि सबै मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने माग उठेकाे हाे।