काठमाडौं : बाढी पहिरो प्रभावित परिवारले अस्थायी आवासका लागि ५० हजार रुपैयाँ राहत पाउने भएका छन।गृहमन्त्रीको नेतृत्वमा भएको विपद व्यवस्थापन कार्यकारी समितिको बुधबार बसेको बैठकले बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्धार, राहत वितरण र पुनर्स्थापना गर्ने निर्णय गरेको हो।राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले दुई किस्ता २५/२५ हजार गरी स्थानीय तहमार्फत रकम प्रभावित परिवारलाई उपलब्ध गराउने तयारी गरेको बताए।उनका अनुसार राहत वितरणका लागि वि