सर्वाेच्चकाे फैसलाले वैधानिक रूपमा पूर्ववत् एमाले र माओवादी ब्यूँतिएका छन्। पार्टी ब्यूँतिएसँगै साबिककाे एमालेभित्र पुनः ओली-नेपाल टक्कर देखिन थालेकाे छ। केन्द्रीय समितिका केही सदस्य विभिन्न कारणले समितिमा छैनन्। त्याे सबै संख्या घटाउँदा एमालेमा अहिले २ सय २५ केन्द्रीय सदस्यकाे समिति रहेकाे देखिन्छ। जसमध्ये केपी शर्मा ओलीसँग १ सय २०, माधव नेपालसँग १ सय ३, वामदेव गौतमसँग २ सदस्य रहेका बताइन्छ। तर, केहीले भने नेपाल समूहमा ९० जना मात्रै केन्द्रीय सदस्य रहेकाे बताएका छन्। तीन जनाको पक्षधरता भने स्पष्ट हुन सकेको छैन।
विस्तृतमा