हेटौंडा : राप्रपा नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले आफ्नो राजनीतिक जीवनमा मकवानपुरको शिर निहुरिने कुनै पनि नराम्रो काम नगरेको दाबी गरेका छन्।गृहजिल्ला मकवानपुरको हेटौंडामा आज (बिहीबार) भएको राप्रपा नेपाल मकवानपुरको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले मकवानपुरले आफूलाई धेरै नै माया गरेको बताए।‘मकवानपुरका दाजुभाइ तथा दिदी बहिनीहरूले मलाई धेरै माया गर्नु भएको छ। मेरो राजनीतिक जीवनको उकालीओरालीमा हरेक संकट र चुनौतीमा तपाईंले मलाई अपार स्नेह माया र सदभाव दिनुभएको छ,'