वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको आकर्षण घट्दो

काठमाडौं। कुनै समय धितोपत्रको दोस्रो बजारमा आकर्षक मानिने वाणिज्य बैंकको शेयरमा केही वर्षयता लगानीकर्ताको रुचि घटिरहेको पाइएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रकाशित गरेको ३ आर्थिक वर्ष (आव) को तथ्यांकले यस्तो देखाएको हो । बजार पूँजीकरणको हिसाबले बलिया भए पनि पछिल्लो समय वाणिज्य बैंकको शेयर धितोपत्रको दोस्रो बजारमा सबैभन्दा सस्तामा दरिएका छन् ।  अनलाइन कारोबार आउनेबित्तिकै लगानीकर्ता वाणिज्य बैंकको शेयर त शेयर नै होइन भनेझैं छोटो समयमा धेरै प्रतिफल पाउने अन्य क्षेत्रतिर आकर्षित हुँदा वाणिज्य बैंकमा आकर्षण घटेको लगानीकर्ता नवराज दाहाल बताउँछन् ।  यसमा शेयर धितो कर्जा सीमाको प्रभाव पनि परेको उनको भनाइ छ । शेयर कर्जाको सीमाप्रति लगानीकर्ताको धारणा सकारात्मक छैन । उनीहरूमा शेयर धितोमा कर्जा लिँदा जुनसुकै बेला दबाबमा परेर बेच्नुपर्छ त्यसैले किनेर काम छैन भन्ने बुझाइ छ । ‘हामीले वाणिज्य बैंकको शेयर खरीद गर्ने भनेको कर्जा लिन हो । त्यसबाट कर्जा बढी पाइन्छ, बैंकले विश्वास गर्छ भनेर होे । तर, राष्ट्र बैंकले केही नीतिगत परिवर्तन गरिदियो भने दबाबमा परेर विक्री गर्नुपर्ने हुन्छ । त्यसैले त्योभन्दा सुरक्षित क्षेत्र रोजेका हुन्,’ दाहालले भने, ‘अर्को कारण वाणिज्य बैंकको घट्दो लाभांश पनि हो । पहिला उनीहरूले राम्रो लाभांश दिन्थे । अचेल मर्जरपछि बढेको पूँजीअनुसार व्यवसाय वृद्धि नहुँदा त्यसो गर्न सकिरहेका छैनन् । हिजो वाणिज्य बैंकले दिने प्रतिफल अहिले साना कम्पनीले नै दिन्छन् ।’  अर्का लगानीकर्ता मञ्जु पराजुली अन्य क्षेत्रका कम्पनीको शेयर संख्याको तुलनामा वाणिज्य बैंकको धेरै भएकाले लगानीकर्ताको आकर्षण कम देखिएको बताउँछिन् । उनका अनुसार वाणिज्य बैंकको शेयर धेरै जनाको हातमा भएकाले यसलाई अन्य क्षेत्रको शेयर जस्तो चलखेल गरेर ठूलो पूँजीगत लाभ लिन सक्ने अवस्था छैन । पछिल्लो त्रैमासिक वित्तीय विवरणहरूले वाणिज्य बैंकहरुको खराब कर्जा निकै बढेको देखाएका छन् । यसकारण पनि लगानीकर्ताको रोजाइमा तिनको शेयर नपरेको हो ।  नेप्सेको पछिल्लो ३ आवको तथ्यांक हेर्दा वाणिज्य बैंकको शेयर कारोबार अंश निकै घटेको देखिन्छ । आर्थिक वर्ष (आव) २०७७/७८ मा कुल कारोबारमा वाणिज्य बैंकको अंश २५ दशमलव ९९ प्रतिशत रहेकोमा आव २०७९/८० मा आइपुग्दा १४ दशमलव ३१ प्रतिशतमा झरेको छ । शेयर धितो कर्जामा सीमा, घट्दो लाभांश दर, ठूलो सेयर संख्या र बढ्दो खराब कर्जा मुख्य कारण आव २०७७/७८ मा वाणिज्य बैंकको कुल ३ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको ९५ करोड १ लाख कित्ता शेयर कारोबार भएकोमा गत आवमा आउँदा ६६ अर्ब ८५ करोड बराबरको २१ करोड ७२ लाख ४० हजार कित्ता मात्र कारोबार भएको देखिन्छ ।  जलविद्युत् समूहको शेयर कारोबार भने बढ्दो छ । आव २०७७/७८ मा कुल कारोबारमा यो समूहको अंश १५ दशमलव २७ प्रतिशत रहेकोमा गत आवमा बढेर २७ दशमलव ८८ प्रतिशत पुगेको छ । पछिल्लो समय सूचीकृत जलविद्युत् कम्पनीको संख्या बढेसँगै शेयर कारोबार बढेको हो । यस समूहका कम्पनीको शेयर संख्या कम भएकाले चलखेल गरेर मूल्य घटबढ गराउन सक्ने स्थिति पनि छ । यसकारण पनि यस्ता कम्पनीका शेयर बढी किनबेच भएको ठान्छन् लगानीकर्ता ।  होटेल तथा पर्यटन समूहको शेयर कारोबार पनि पछिल्लो समय बढिरहेको छ । आव २०७७/७८ मा कुल कारोबारको शून्य दशमलव ८१ प्रतिशत अंश होटेल समूहले ओगटेकोमा गत आवमा बढेर ३ प्रतिशत पुगेको छ ।  कोरोना महामारीले थला परेको होटेल तथा पर्यटन क्षेत्र अहिले उल्लेख्य रूपमा अगाडि बढेको छ । गत आव २०७९/८० को शुरूमा पर्यटन क्षेत्र सुस्ताएको हुँदा होटेल व्यवसाय खस्किएको थियो । वर्षको अन्त्यतिर आइपुग्दा होटेल क्षेत्रले ठूलो फड्को मारेको देखिन्छ । गत वैशाख, जेठ र असारमा विदेशी पर्यटक आगमनमा सुधार आई पर्यटकीय गतिविधि बढेकाले होटेल क्षेत्रको कारोबार उल्लेख्य बढ्दा यी कम्पनीको नाफा पनि बढेको छ । यसले पनि यी कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढाएको मानिएको छ । केही महीनायता यस समूहका कम्पनीको शेयर मूल्य दोब्बर भएको छ ।

सम्बन्धित सामग्री

जलविद्युत कम्पनीका शेयरमा लगानीकर्ताको आकर्षण, एक महीनामा १९.६४ % बढ्यो परिसूचक

काठमाडौं । बजार बढ्दा लगानीकर्ताको आकर्षण जलविद्युत कम्पनीका शेयरमा परेको छ । पछिल्लो एक महीनामा यस समूहको परिसूचक साढे १९ प्रतिशत वृद्धि भएको छ । गत मङ्सिर २८ गते जलविद्युत समूहको परिसूचक २ हजार २२० दशमलव ५९ रहेकोमा गत पुस २९ गते बढेर २ हजार ६५६ दशमलव ७७ पुगेको हो । एक महीनामा नेप्से परिसूचक भने ६ दशलमव ३१ प्रतिशत बढेको छ ।  किन बढ्यो आकर्षण ? पछिल्लो समय लगानीकर्ता दीर्घकालिन लगानीभन्दा अल्पकालीन लगानी गरिरहेका छन् । यस्ता लगानीकर्ताको रोजाइमा कम पूँजी भएका कम्पनी पर्ने गर्छन् । सोही कारण लगानीकर्ताको रोजाइमा जलविद्युत कम्पनीको शेयर परेको देखिन्छ ।  एक महीनामा सर्वाधिक कमाउनेको सूचीमा दोस्रोमा उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ता छन् । यस समूहको परिसूचक १७ दशमलव ४५ प्रतिशत वृद्धि भएको छ । यस समूहका कम्पनीले आकर्षक लाभांश दिने भएकाले पनि लगानीकर्ता आकर्षित भएको देखिन्छ । त्यस्तै लगानी समूहको परिसूचक १५ दशमलव ४५ प्रतिशत वृद्धि भएको छ । गत मङ्सिर २२ गते नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लचिलो नीति लिएपछि शेयर बजारमा उत्साह छाउँदा बजार २ हजार १५० विन्दुसम्म पुगेको थियो ।  राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत शेयरधितो कर्जामा लगाएको १५० प्रतिशतको जोखिम भार १२५ प्रतिशतमा झारेको छ भने ब्याजदर घटाउने नीति पनि लिएको छ । सोही कारण शेयर बजारमा सकारात्मक प्रभाव परेको विज्ञ बताउँछन् । बढेको बजारमा कारोबारीहरूले प्रोफिट बुक गरेसँगै बजार २ हजार ५६ सम्म आएको थियो ।  माघ महीनाका लागि बैंकहरूले पुस महीनाको तुलनामा ब्याजदर अझै घटाएका छन् । सामान्यतया ब्याजदर घटेपछि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने गर्छ । यसो त ब्याजदर घटेपछि शेयर कर्जा लिनेले सस्तो ब्याजदरमा ऋण पाउँछन्, जसको सकारात्मक प्रभाव शेयर बजारमा पर्ने देखिन्छ ।  एक महीनामा जीवन बीमा समूहको परिसूचक भने १ दशमलव ४७ प्रतिशत घटेको छ । नेपाल बीमा प्राधिकरणले प्रिमियमबापतको रकमबाट लाभांश वितरण गर्न नपाउने घोषणा गरेसँगै यस समूहका कम्पनीको शेयर मूल्य ओरालो लागेको देखिन्छ । त्यस्तै दोस्रोमा वाणिज्य बैंक समूहको परिसूचक शून्य दशमलव ८५ प्रतिशत वृद्धि भएको छ । यस समूहका कम्पनीको शेयर भोल्यूम बढी हुने भएकाले पछिल्लो समय लाभांशदर घट्दै गएको र त्यही कारण लगानीकर्ताको रोजाइमा नपरेको विज्ञ बताउँछन् ।  स्रोत : नेप्से ।

जलविद्युत कम्पनीका शेयरमा लगानीकर्ताको आकर्षण, एक महीनामा १९.६४ % बढ्यो परिसूचक

काठमाडौं । बजार बढ्दा लगानीकर्ताको आकर्षण जलविद्युत कम्पनीका शेयरमा परेको छ । पछिल्लो एक महीनामा यस समूहको परिसूचक साढे १९ प्रतिशत वृद्धि भएको छ । गत मङ्सिर २८ गते जलविद्युत समूहको परिसूचक २ हजार २२० दशमलव ५९ रहेकोमा गत पुस २९ गते बढेर २ हजार ६५६ दशमलव ७७ पुगेको हो । एक महीनामा नेप्से परिसूचक भने ६ दशलमव ३१ प्रतिशत बढेको छ ।  किन बढ्यो आकर्षण ? पछिल्लो समय लगानीकर्ता दीर्घकालिन लगानीभन्दा अल्पकालीन लगानी गरिरहेका छन् । यस्ता लगानीकर्ताको रोजाइमा कम पूँजी भएका कम्पनी पर्ने गर्छन् । सोही कारण लगानीकर्ताको रोजाइमा जलविद्युत कम्पनीको शेयर परेको देखिन्छ ।  एक महीनामा सर्वाधिक कमाउनेको सूचीमा दोस्रोमा उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ता छन् । यस समूहको परिसूचक १७ दशमलव ४५ प्रतिशत वृद्धि भएको छ । यस समूहका कम्पनीले आकर्षक लाभांश दिने भएकाले पनि लगानीकर्ता आकर्षित भएको देखिन्छ । त्यस्तै लगानी समूहको परिसूचक १५ दशमलव ४५ प्रतिशत वृद्धि भएको छ । गत मङ्सिर २२ गते नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लचिलो नीति लिएपछि शेयर बजारमा उत्साह छाउँदा बजार २ हजार १५० विन्दुसम्म पुगेको थियो ।  राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत शेयरधितो कर्जामा लगाएको १५० प्रतिशतको जोखिम भार १२५ प्रतिशतमा झारेको छ भने ब्याजदर घटाउने नीति पनि लिएको छ । सोही कारण शेयर बजारमा सकारात्मक प्रभाव परेको विज्ञ बताउँछन् । बढेको बजारमा कारोबारीहरूले प्रोफिट बुक गरेसँगै बजार २ हजार ५६ सम्म आएको थियो ।  माघ महीनाका लागि बैंकहरूले पुस महीनाको तुलनामा ब्याजदर अझै घटाएका छन् । सामान्यतया ब्याजदर घटेपछि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने गर्छ । यसो त ब्याजदर घटेपछि शेयर कर्जा लिनेले सस्तो ब्याजदरमा ऋण पाउँछन्, जसको सकारात्मक प्रभाव शेयर बजारमा पर्ने देखिन्छ ।  एक महीनामा जीवन बीमा समूहको परिसूचक भने १ दशमलव ४७ प्रतिशत घटेको छ । नेपाल बीमा प्राधिकरणले प्रिमियमबापतको रकमबाट लाभांश वितरण गर्न नपाउने घोषणा गरेसँगै यस समूहका कम्पनीको शेयर मूल्य ओरालो लागेको देखिन्छ । त्यस्तै दोस्रोमा वाणिज्य बैंक समूहको परिसूचक शून्य दशमलव ८५ प्रतिशत वृद्धि भएको छ । यस समूहका कम्पनीको शेयर भोल्यूम बढी हुने भएकाले पछिल्लो समय लाभांशदर घट्दै गएको र त्यही कारण लगानीकर्ताको रोजाइमा नपरेको विज्ञ बताउँछन् ।  स्रोत : नेप्से ।

विद्युतीय भुक्तानी सेवा दिने कम्पनीमा कमजोर पूर्वाधार

अभियान संवाददाता काठमाडौं विद्युतीय भुक्तानी सेवा प्रयोगमा सर्वसाधारणको आकर्षण बढ्दै गए पनि सेवा प्रदान गर्ने कम्पनीहरूमा भने कमजोर भौतिक पूर्वाधार र सुशासनको अभाव देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको अनुगमनमा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र भुक्तानी सेवाप्रदायक कम्पनी (पीएसपी) हरूले पर्याप्त मात्रामा भौतिक तथा प्राविधिक पूर्वाधार बनाउन नसकेको र सुशासनको अवस्थामा पनि कमजोर रहेको पाइएको हो ।  भुक्तानी प्रणाली विभागले प्रकाशित गरेको गत आर्थिक वर्षको वार्षिक अनुगमन प्रतिवेदनमा पीएसओ र पीएसपी कम्पनीहरूले आवश्यक नीति नबनाएको, सञ्चालनका लागि पर्याप्त भौतिक पूर्वाधारको व्यवस्था नगरेको, सुशासनको अवस्था कमजोर रहेको र संकटको समयमा व्यवसाय निरन्तर सञ्चालन गर्न आवश्यक तयारी नगरेको औंल्याइएको छ । विभागले पीएसओ र तथा पीएसपी कम्पनीहरूको स्थलगत र गैरस्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको जानकारी दिएको छ ।  विभागले गत आवमा तीनओटा पीएसओ र १२ ओटा पीएसपी गरी डेढ दर्जन कम्पनीको स्थलगत अनुगमन गरेको बताएको छ । यसैगरी ६ ओटा पीएसओ र २१ ओटा पीएसपी गरी २७ कम्पनीको गैरस्थलगत अनुगमन गरेको थियो ।  अनुगमन कैफियत भेटिएका कम्पनीलाई सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । अनुगमनमा भुक्तानी सेवाप्रदायकका एजेन्टले तोकेको सीमाभन्दा धेरै पैसा झिकेको, कम्पनी स्थापना भएको ५ वर्ष नपुगी संस्थापक शेयर विक्री गरेको, सञ्चालकले नै संस्थाबाट पेस्की लिएको भेटिएपछि कारबाही गरिएको राष्ट्र बैंकको भनाइ छ । त्यसैगरी भुक्तानी सेवाप्रदायक कम्पनीहरूले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानूनको परिपालना नगरेको, ग्राहकको विवरण अद्यावधिक नराखेको पाइएपछि कारबाही गरिएको केन्द्रीय बैंकले जानकारी दिएको छ । हाल १० ओटा भुक्तानी प्रणाली सञ्चालक र २७ ओटा भुक्तानी सेवाप्रदायकले सेवा दिइरहेका छन् । यसैगरी २० वाणिज्य बैंक, १६ विकास बैंक, १५ फाइनान्स कम्पनी र ७ लघुवित्त वित्तीय संस्थाले विद्युतीय भुक्तानी सेवा सञ्चालनका लागि अनुमति लिएका छन् । विद्युतीय भुक्तानीमा जोड दिँदै आएको राष्ट्र बैंकले कोभिड–१९ महामारीयता विद्युतीय भुक्तानी सेवालाई प्रोत्साहन गर्दै आएको छ । यसले गर्दा विद्युतीय कारोबार पनि बढ्दै गएको छ ।  पछिल्लो समय चेक क्लियरिङ, डेबिट/क्रेडिट कार्डको तुलनामा मोबाइल तथा क्यूआर पेमेन्ट र वालेट प्रयोगतर्फ सर्वसाधारणको आकर्षण बढिरहेको राष्ट्र बैंकले बताएको छ । भुक्तानी प्रणालीमा पहुँच बढ्दै जाँदा विभिन्न भुक्तानी उपकरणको प्रयोग बढेको र नेपालमा पनि कोभिड–१९ महामारीपछि कनेक्ट आईपीएस, वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड र कार्डजस्ता उपकरण व्यापक रूपमा प्रयोग हुन थालेको राष्ट्र बैंकको भनाइ छ । कार्डमा आधारित भुक्तानीको वृद्धिदर भने पछिल्लो समयमा घट्न थालेको छ ।  राष्ट्र बैंकको तथ्यांकअनुसार विद्युतीय भुक्तानी कारोबार आव २०७८/७९ को तुलनामा २०७९/८० मा सबैभन्दा बढी १५९ दशमलव ६७ प्रतिशतले वृद्धि भएको छ ।

प्रिमियम मूल्यको आईपीओभन्दा दोस्रो बजारको शेयर सस्तो

काठमाडौं । पछिल्लो समय कम्पनीहरूले धमाधम प्रिमियम मूल्यमा शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गरिरहेका छन् । प्रिमियम मूल्यको बीमा र हाइड्रोपावर कम्पनीको शेयरभन्दा सस्तैमा धितोपत्रको दोस्रो बजारमा शेयर पाइन थालेको छ । सन नेपाल लाइफ, रिलायबल लाइफ, आइएमई लाइफ, मान्डू हाइड्रोपावर, सोनापुर मिनरल्सले प्रिमियमसहित प्रतिकित्ता ११६ देखि २५७ रुपैयाँसम्ममा आईपीओ विक्री गरेका छन् । यस्तै सिटिजन लाइफले पनि भदौ १५ गतेदेखि प्रिमियम मूल्यसहित प्रतिकित्ता २४४ रुपैयाँमा साधारण शेयरको सार्वजनिक निष्कासन गर्दै छ ।  प्राथमिक बजारमा प्रतिकित्ता २ सय रुपैयाँभन्दा बढी तिर्नुपर्ने आईपीओ विक्रीमा आउँदा पनि लगानीकर्ताको आकर्षण उच्च देखिएको छ । हरेक कम्पनीको आईपीओमा १२/१५ लाख जनाले आवेदन दिने गरेका छन् । तर, दोस्रो बजारमा सोभन्दा कम मूल्यमा शेयर पाउँदा लगानीकर्ताको आकर्षण देखिएको छैन । सूचीकृत कम्पनीमध्ये वाणिज्य बैंक र हाइड्रोपावरको शेयर मूल्यमा ठूलो गिरावट आएको छ । अहिले सबैभन्दा सस्तो शेयर मूल्य हुने कम्पनीहरू पनि यी समूहका छन् । पूँजीबजार विज्ञ मुक्ति आर्याल प्रिमियमको आईपीओबाट छोटो समयमै राम्रो प्रतिफल पाइरहेकाले त्यसमा लगानीकर्ताको आकर्षण बढेको बताउँछन् । उनले आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियमसहित प्रतिकित्ता रू.२३६ दशमलव ९१ मा आईपीओ विक्री गरेको उदाहरण दिँदै भने, ‘कम्पनीको पहिलो कारोबार नै प्रतिकित्ता रू.५२९ दशमलव ५० मा भएको थियो । यसले गर्दा लगानीकर्ताले छोटो समयमै राम्रो प्रतिफल पाए ।’ सूचीकृत हुनेबित्तिकै कम्पनीको शेयर मूल्य बढ्ने भएकाले लगानीकर्ताको आकर्षण बढेको हुनसक्ने उनको अनुमान छ । वाणिज्य बैंकको शेयर मूल्य बढे पनि कम बढ्ने र धेरै चुक्ता पूँजी भएकाले लगानीकर्ताको आकर्षणमा नपरेको उनको बुझाइ छ । त्यस्तै मर्जर तथा एक्वीजिशनपछि वाणिज्य बैंकको संख्या अहिले २० मा झरेको छ । मर्जरपछि बढेको पूँजीअनुसार व्यापार वृद्धि गर्न नसक्दा यिनीहरूको प्रतिशेयर आम्दानीसँगै बजार भाउ पनि निकै तल झरेको जानकार बताउँछन् । त्यस्तै धेरै जनाको हातमा शेयर भएकाले यसलाई अन्य सेक्टरको शेयरजस्तो चलाएर ठूलो पूँजीगत लाभ लिन सक्ने अवस्था नभएकाले पनि लगानीकर्ताको आकर्षणमा नपरेको देखिन्छ । गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार बैंकहरूको खराब कर्जा निकै बढेको छ । यसकारण पनि लगानीकर्ताको रोजाइमा उनीहरूको शेयर नपरेको हो ।  समग्र शेयरबजारमा आएको गिरावटका साथै वित्तीय प्रणालीमा देखिएका समस्याले पनि बैंकको शेयर मूल्यमा प्रभाव पारेको देखिन्छ । वित्तीय प्रणालीमा पर्याप्त लगानीयोग्य रकम भए पनि कर्जाको माग नहुनु, महँगो ब्याजदर, बढ्दो खराब कर्जालगायत कारणले बैंकको शेयर सस्तिँदै गएको हो ।  नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये ६ ओटाको शेयर मूल्य २ सय रुपैयाँभन्दा तल छ । कुमारी, प्रभु, नेपाल इन्भेष्टमेण्ट मेगा, लक्ष्मी, प्राइम कमर्सियल र सिटिजन्स बैंकको शेयर मूल्य २ सय रुपैयाँभन्दा तल छ । यी ६ बैंकमध्ये सबैभन्दा सस्तो कुमारी बैंकको शेयर मूल्य मंगलवार प्रतिकित्ता रू.१५७ दशमलव ४० मा बन्द भएको छ ।  त्यस्तै प्रतिकित्ता रू.२ सयदेखि २५० दशमलव १० सम्ममा हिमालयन, ग्लोबल आइएमई, एनएमबि र नेपाल बैंकको शेयर पाइन्छ । यी वाणिज्य बैंकबाहेक हाइड्रोपावर कम्पनीको शेयर मूल्य पनि निकै सस्तिएको छ ।  मंगलवार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.१३५ दशमलव ३० र नेशनल हाइड्रोपावरको कम्पनीको रू.१४६ दशमलव ४० कायम भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश जलविद्युत् कम्पनीको नाफा घटेको छ । यसकारण पनि उक्त समूहको शेयरमा लगानीकर्ताको चासो नपरेको अनुमान गरिको छ ।

बैंकिङ र होटल तथा पर्यटन समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ । नेप्से परिसूचक २ दशमलव २७ अंक अर्थात् शून्य दशमलव १२ प्रतिशत घटेर १ हजार ८८९ दशमलव ७३ विन्दुमा कायम भएको हो । यस दिन २६९ धितोपत्रको २१ लाख ७४ हजार ९१४ कित्ता २१ हजार ८५१ पटकमा रू. ७३ करोड ९६ लाख बराबर कारोबार भएको छ । बुधवारको तुलनामा आज कारोबार रकम पनि घटेको छ । बुधवार रू. ८४ करोड बराबर शेयर खरीदविक्री भएको थियो ।  यो मूल्यमा लगानीकर्ताहरूले शेयर विक्री गर्न नचाहेको र खरीदकर्ता पनि खरीद गर्न पनि राजी नभएको देखिन्छ । त्यसैले बजारमा कारोबार रकम घट्दो क्रममा देखिन्छ ।  बिहीवार सिटिजन्स म्युचुअल फण्ड २ को इकाई मूल्य सबैभन्दा बढी ५ दशमलव ८५ प्रतिशत वृद्धि भई रू. ७ दशमलव ७८ पुगेको छ । त्यस्तै दोस्रोमा तेह्रथुम पावर कम्पनीको शेयर मूल्य ५ दशमलव शून्य ८ प्रतिशत बढेर रू. ४०५ दशमलव ६० पुगेको हो ।  यस दिन एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरूले सबैभन्दा बढी गुमाएका छन् । फण्डको इकाई मूल्य १० प्रतिशत घटेर रू. ९ मा झरेको छ । त्यस्तै दोस्रोमा ‘एनएमबि डिबेन्चर ८.५० ∞२०८७/८८’ नामक ऋणपत्रको मूल्य ९ दशमलव ५३ प्रतिशत घटेर रू. ८८६ दशमलव ६० कायम भएको हो ।  बिहीवार सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा एभरेष्ट बैंकले ओगटेको छ । कम्पनीको रू. ३ करोड ७६ लाख बराबर कारोबार भएको हो । कम्पनीको शेयर निकै तल्लो विन्दुमा आएकाले पनि खरीदकर्ताहरू आकर्षित भएको देखिन्छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ रूपैयाँ १० पैसा वृद्धि भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नबिल बैंकको रू. ३ करोड २७ लाख बराबर कारोबार भएको छ ।   यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १३ प्रतिशत र फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ७ प्रतिशत घटेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य १ प्रतिशत बढेको हो ।  कारोबारमा आएका समूहगत परिसूचकमध्ये दुई समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १ दशमलव ८३ प्रतिशत बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा बढी १ दशमलव २८ प्रतिशत घटेको छ । बजार घटिरहँदा लगानीकर्ताको आकर्षण बैंकिङ समूहका कम्पनीहरूको शेयरमा परेको छ । सोही कारण बिहीवार सर्वाधिक कारोबार गर्नेमा पाँच ओटा वाणिज्य बैंक परेका छन् । बैंकिङ समूहका कम्पनीको शेयर मूल्य निकै तल्लो विन्दुमा  आएकोले पनि खरीदकर्ता आकर्षित भएको देखिन्छ ।

बुधवारको बजारमा सबैभन्दा बढी जलविद्युत् समूहको कारोबार : अपि पावर अग्रस्थानमा

पुस २१, काठमाडौं । निरन्तर चार दिन बढेको बजार बुधवार १ दशमलव १५ प्रतिशतले घट्दा रू. ४ अर्ब ६२ करोड १५ लाखभन्दा बढीको शेयर कारोबार भएको छ ।  कुल कारोबारमा यसदिन जलविद्युत् कम्पनीहरुको सर्वाधिक हिस्सा रहेको छ । यस दिन जलविद्युत् कम्पनीहरुको रू. १ अर्ब ३० करोड ८७ लाख १८ हजार बराबरको ३० लाख १४ हजार ७४० कित्ता शेयर खरीदविक्री भएको छ ।  जलविद्युत् कम्पनीहरुमध्ये पनि यो दिन अपि पावर कम्पनीको सर्वाधिक रकमको शेयर खरीदविक्री भएको छ । अपि पावरको रू. १६ करोड ७४ लाख ८ हजार बराबरको ३ लाख ५० हजार ४६३ कित्ता शेयर कारोबार भएको हो । कम पूँजी भएका जलविद्युत कम्पनीहरुको शेयरप्रति पछिल्लो समय लगानीकर्ताहरुको आकर्षण बढेको देखिन्छ । सूचीकृत कम्पनीहरु मध्य बैंक तथा वित्तीय संस्थाहरु र बीमा कम्पनीहरुको नीतिगत व्यवस्थाहरु परिमार्जन भइरहने हुँदा बजारमूल्यमा पनि समय समयमा प्रभावित भइरहेको देखिएको छ ।  जलविद्युत् कम्पनीको लागि भने पछिल्लो समय विद्युत् नियमन आयोगले नीतिगत व्यवस्था गर्दै आएको छ । त्यस अघि नियामक निकाय नहुँदा टुहुरो जस्तो बनेको जलविद्युत् कम्पनीहरुका लागि पछिल्लो समय विद्युत् नियमन आयोगले केही नयाँ व्यवस्थाहरु लागू गरेको छ ।  जलविद्युत् कम्पनीहरुले आयोजना निर्माणका लागि लिएको कर्जा भुक्तानी प्रयोजनका लागि हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्था नियमन आयोगले लागू गरेको हो ।  सो व्यवस्था अनुसारनै कतिपय जलविद्युत् कम्पनीहरुले हकप्रद शेयर निष्कासनमा जोड दिएका छन् । लगानीकर्ताहरु पनि जलविद्युत् कम्पनीहरुको हकप्रद शेयरलाईनै प्राथमिकतामा राखेर शेयर खरीद गरेको जानकारी दिन्छन् ।  हाल धितोपत्र दोस्रो बजारमा ४४ ओटा जलविद्युत् कम्पनीहरु सूचीकृत रहेका छन् । जलविद्युत् समूहपछि यस दिन वाणिज्य बैंक समूहहरुको सर्वाधिक रकमको शेयर खरीदविक्री भएको छ । वाणिज्य समूहको भने यस दिन रू. ७८ करोड ३३ लाख ५१ हजार बराबरको शेयर कारोबार भएको हो ।

प्रिपेड डलर कार्डमा आकर्षण

अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद गर्नका लागि नेपाल राष्ट्र बैंकले सुरु गरेको ‘प्रिपेड डलर कार्ड’ मा सर्वसाधारणको आकर्षण देखिएको छ । प्रिपेड डलर कार्ड जारी खुला गरेको ८ महिनामा १८ हजार भन्दा बढी कार्ड जारी भइसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले २०७७ चैतमा वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरुले वार्षिक अधिकतम […]

कुल कारोबारमा वाणिज्य बैंक समूहको हिस्सा २१.७३ %, जलविद्युत् समूहको सर्वाधिक

कात्तिक ९, काठमाडौं । धितोपत्रको दोस्रो बजारमा सर्वाधिक हिस्सा ओगटेको बैंकिङ्ग समूहको मंगलवार रू. १ अर्ब ३७ करोड २८ लाख ५७ हजार बराबरको शेयर कारोबार भएको छ ।  १६ हजार १४ पटकको व्यापारमा यो दिन बैंकिङ्ग समूहको २५ लाख १९ हजार २११ कित्ता शेयर खरीदविक्री भएको हो । कुल कारोबारमा मंगलवार वाणिज्य बैंकको हिस्सा २१ दशमलव ७३ प्रतिशत रहेको छ । बजारमा सर्वाधिक पूँजीकरणको हिस्सा ओगटेको बैंकिङ समूहमा भने बजारले ३ हजार २०० विन्दु पार गर्दा समेत उत्साह देखिएको छैन। यतिबेला धेरै जसो बैंकहरुले लाभांश सार्वजनिक गरिसक्दा पनि कारोबारमा भने उत्साहक अन्य समूहको तुलनामा कमनै देखिएको छ ।  मंगलवार कारोबारमा सर्वाधिक हिस्सा जलविद्युत् समूहले ओगटेको छ । जलविद्युत समूहको यस दिन रू. १ अर्ब ६० करोड ४८ लाख ६ हजार बराबरको ३३ लाख ३६ हजार ४३५ कित्ता शेयर कारोबार भएको छ । यो दिन कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा २५ दशमलव ४० प्रतिशत रहेको छ । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमध्ये २६ ओटा वाणिज्य बैंकहरु रहेका छन् भने ४१ जलविद्युत् कम्पनीहरु रहेका छन् । पछिल्लो समय जलविद्युत् समूहका कम्पनीहरु धितोपत्र दोस्रो बजारमा थपिने क्रम जारी रहेको छ । कम पूँजी भएका जलविद्युत् कम्पनीहरुको शेयरप्रति बजारले गति लिन थालेसँगै लगानीकर्ताहरुको आकर्षण बढ्ने थालेको हो । विगतका दिनहरुमा अंकितमूल्यभन्दा कम मूल्य रहेका जलविद्युत् कम्पनीहरुको शेयरमूल्य हाल रू. ५०० को हाराहारीमा पुगेको छ । मंगलवार मात्र उच्च दरमा शेयरमूल्य बढ्ने २० कम्पनीहरुमध्ये १७ ओटा जलविद्युत् कम्पनीहरु रहेका छन् ।

नेप्से बढेसँगै कारोबार रकममा पनि सुधार

विकास बैंक, वाणिज्य बैंक, फाइनान्स, माइक्रो फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण असारको सुरुदेखि नै ओरालो लागेको नेप्से नयाँ आर्थिक वर्षको सुरुवातनजिक आइपुग्दा सकारात्मक हुने संकेत देखिएको छ । बिहीबार नेप्से २४ अंकले बढेर...