प्रिमियम मूल्यको आईपीओभन्दा दोस्रो बजारको शेयर सस्तो

काठमाडौं । पछिल्लो समय कम्पनीहरूले धमाधम प्रिमियम मूल्यमा शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गरिरहेका छन् । प्रिमियम मूल्यको बीमा र हाइड्रोपावर कम्पनीको शेयरभन्दा सस्तैमा धितोपत्रको दोस्रो बजारमा शेयर पाइन थालेको छ । सन नेपाल लाइफ, रिलायबल लाइफ, आइएमई लाइफ, मान्डू हाइड्रोपावर, सोनापुर मिनरल्सले प्रिमियमसहित प्रतिकित्ता ११६ देखि २५७ रुपैयाँसम्ममा आईपीओ विक्री गरेका छन् । यस्तै सिटिजन लाइफले पनि भदौ १५ गतेदेखि प्रिमियम मूल्यसहित प्रतिकित्ता २४४ रुपैयाँमा साधारण शेयरको सार्वजनिक निष्कासन गर्दै छ ।  प्राथमिक बजारमा प्रतिकित्ता २ सय रुपैयाँभन्दा बढी तिर्नुपर्ने आईपीओ विक्रीमा आउँदा पनि लगानीकर्ताको आकर्षण उच्च देखिएको छ । हरेक कम्पनीको आईपीओमा १२/१५ लाख जनाले आवेदन दिने गरेका छन् । तर, दोस्रो बजारमा सोभन्दा कम मूल्यमा शेयर पाउँदा लगानीकर्ताको आकर्षण देखिएको छैन । सूचीकृत कम्पनीमध्ये वाणिज्य बैंक र हाइड्रोपावरको शेयर मूल्यमा ठूलो गिरावट आएको छ । अहिले सबैभन्दा सस्तो शेयर मूल्य हुने कम्पनीहरू पनि यी समूहका छन् । पूँजीबजार विज्ञ मुक्ति आर्याल प्रिमियमको आईपीओबाट छोटो समयमै राम्रो प्रतिफल पाइरहेकाले त्यसमा लगानीकर्ताको आकर्षण बढेको बताउँछन् । उनले आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियमसहित प्रतिकित्ता रू.२३६ दशमलव ९१ मा आईपीओ विक्री गरेको उदाहरण दिँदै भने, ‘कम्पनीको पहिलो कारोबार नै प्रतिकित्ता रू.५२९ दशमलव ५० मा भएको थियो । यसले गर्दा लगानीकर्ताले छोटो समयमै राम्रो प्रतिफल पाए ।’ सूचीकृत हुनेबित्तिकै कम्पनीको शेयर मूल्य बढ्ने भएकाले लगानीकर्ताको आकर्षण बढेको हुनसक्ने उनको अनुमान छ । वाणिज्य बैंकको शेयर मूल्य बढे पनि कम बढ्ने र धेरै चुक्ता पूँजी भएकाले लगानीकर्ताको आकर्षणमा नपरेको उनको बुझाइ छ । त्यस्तै मर्जर तथा एक्वीजिशनपछि वाणिज्य बैंकको संख्या अहिले २० मा झरेको छ । मर्जरपछि बढेको पूँजीअनुसार व्यापार वृद्धि गर्न नसक्दा यिनीहरूको प्रतिशेयर आम्दानीसँगै बजार भाउ पनि निकै तल झरेको जानकार बताउँछन् । त्यस्तै धेरै जनाको हातमा शेयर भएकाले यसलाई अन्य सेक्टरको शेयरजस्तो चलाएर ठूलो पूँजीगत लाभ लिन सक्ने अवस्था नभएकाले पनि लगानीकर्ताको आकर्षणमा नपरेको देखिन्छ । गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार बैंकहरूको खराब कर्जा निकै बढेको छ । यसकारण पनि लगानीकर्ताको रोजाइमा उनीहरूको शेयर नपरेको हो ।  समग्र शेयरबजारमा आएको गिरावटका साथै वित्तीय प्रणालीमा देखिएका समस्याले पनि बैंकको शेयर मूल्यमा प्रभाव पारेको देखिन्छ । वित्तीय प्रणालीमा पर्याप्त लगानीयोग्य रकम भए पनि कर्जाको माग नहुनु, महँगो ब्याजदर, बढ्दो खराब कर्जालगायत कारणले बैंकको शेयर सस्तिँदै गएको हो ।  नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये ६ ओटाको शेयर मूल्य २ सय रुपैयाँभन्दा तल छ । कुमारी, प्रभु, नेपाल इन्भेष्टमेण्ट मेगा, लक्ष्मी, प्राइम कमर्सियल र सिटिजन्स बैंकको शेयर मूल्य २ सय रुपैयाँभन्दा तल छ । यी ६ बैंकमध्ये सबैभन्दा सस्तो कुमारी बैंकको शेयर मूल्य मंगलवार प्रतिकित्ता रू.१५७ दशमलव ४० मा बन्द भएको छ ।  त्यस्तै प्रतिकित्ता रू.२ सयदेखि २५० दशमलव १० सम्ममा हिमालयन, ग्लोबल आइएमई, एनएमबि र नेपाल बैंकको शेयर पाइन्छ । यी वाणिज्य बैंकबाहेक हाइड्रोपावर कम्पनीको शेयर मूल्य पनि निकै सस्तिएको छ ।  मंगलवार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.१३५ दशमलव ३० र नेशनल हाइड्रोपावरको कम्पनीको रू.१४६ दशमलव ४० कायम भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश जलविद्युत् कम्पनीको नाफा घटेको छ । यसकारण पनि उक्त समूहको शेयरमा लगानीकर्ताको चासो नपरेको अनुमान गरिको छ ।

सम्बन्धित सामग्री

डम्पिङ साइट बनेपछि सिमकोट बजारको फोहोर हट्यो

सिमकोट – सदरमुकामसमेत रहेको सिमकोट बजारको फोहोर व्यवस्थापन भएको छ। गाउँपालिकाले पहिलो पटक डम्पिङ साइट निर्माण गरेर सञ्चालनमा ल्याएपछि सिमकोट बजारको फोहोर हटेको हो। सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशिला रोकाया भामले कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा वडा नम्बर ५ र ६ को हुमाने खोलामा नयाँ डम्पिङ साइट निर्माण भएर सञ्चालनमा आएपछि सिमकोट बजारको फोहोर हटेको बताइन्। […]

स्वदेशी फूलले बजारको माग धान्नै मुस्किल

लगानी अभावका कारण बजारको मागअनुसार फूल उत्पादन हुन सकेको छैन । स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेपछि आयात गर्नुपरेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ । हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म माग वृद्धि हुन्छ तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको एशोसिएशनले जनाएको छ । बजारको मागअनुसार फूल उत्पादन गर्न नसक्नुको मुख्य कारण …

स्वदेशी फूलले बजारको माग धान्नै मुस्किल

काठमाडौँ – लगानी अभावका कारण बजारको मागअनुसार फूल उत्पादन हुन सकेको छैन। स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेपछि आयात गर्नुपरेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ। हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म माग वृद्धि हुन्छ तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको एशोसिएशनले जनाएको छ। बजारको मागअनुसार फूल उत्पादन गर्न नसक्नुको मुख्य कारण साना […]

सडक बनेपछि फेरियो कुस्मिसेराको मुहार, ‘बजारको शौन्दर्यकरण गरेको छ’

गलकोट : तीन वर्षअघिसम्म बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा बजारको बिच सडकबाट सिँचाइको कुलो बग्थ्यो। सडकमा नाली नहुँदा सिचाइँका लागिसमेत बजारको बिच सडक नै प्रयोग गर्ने अवस्थाले बजारको शौन्दर्यतालाई गिज्याउँथ्यो। यस क्षेत्रमा उर्भर खेतीयोग्य जमिन भएपनि सङ्घीयता आएसँगै जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा भइसकेपछि अहिले यहाँ तीव्र शहरीकरण भइरहेको छ। ‘अन्नको…

स्थानीयद्धारा दैलेख बजारको सडक बन्द

ठेकेदारले काममा ढिलाई गर्दा दैलेख बजारका स्थानीयबासीहरुले मुख्य सडक नै बन्द गरेका छन्। भिरालो जमिनमा बनेका घरहरु कच्ची नालीमा जमेको पानीले जोखिम बढेपछि बजारको मुख्य सडक बन्द गरिएको हो।...

दमकको सेतुमारी बजारको अस्तित्व नै संकटमा

१९ पुस, काठमाडौं । झापाको दमक-१० सेतुमारीमा एक दशकअघिबाट सुरु गरिएको सेतुमारी बजारको अस्तित्व नै सङ्कटमा पर्दै गएको छ । स्थानीय कृषि उत्पादनको सहज बजारीकरण गर्ने उद्देश्यले विसं २०६७ बाट बजार सञ्चालनमा ल्याइएको थियो । आफ्नै उत्पादन आफ्नै बजारको अवधारणाअनुरुप सेतुमारीमा बजार सञ्चालन गर्ने सोचले बजारको अवधारणा अघि बढाइएको भए पनि बजारले नियमितता नपाउँदा बजारस्थल […]

सेतुमारी बजारको अस्तित्व नै सङ्कटमा

काठमाडौँ,१९ पुष । झापाको दमक–१० सेतुमारीमा एक दशकअघिबाट सुरु गरिएको सेतुमारी बजारको अस्तित्व नै सङ्कटमा पर्दै गएको छ । स्थानीय कृषि उत्पादनको सहज बजारीकरण गर्ने उद्देश्यले विसं २०६७ बाट बजार सञ्चालनमा ल्याइएको थियो । आफ्नै उत्पादन आफ्नै बजारको अवधारणाअनुरुप सेतुमारीमा बजार सञ्चालन गर्ने सोचले बजारको अवधारणा अघि बढाइएको भए पनि बजारले नियमितता नपाउँदा बजारस्थल बेवारिसे […]

पुँजी बजारको जोखिम र सरकारी मौनता

आज जुन किसिमले पुँजी बजारको विकास भएको छ, यो सामाजिक, आर्थिक राजनीतिक रूपमा आएकोे परिवर्तनको विकसित रूप हो । आधुनिक प्रविधिको विकासले पुँजी बजारलाई जसरी अघि बढाउँदै ल्याएको छ, सेयर बजारमा...

सेयर बजारको परिसूचकसँगै घट्यो कारोबार

मंगलबार सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। परिसूचक ९ अंकले घटेर २९८५ अंकमा झरेको छ।