काठमाडौं : सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत भाडा बढाउन सहमति भएको छ। यातायात व्यवसायी र सरकारी टोलीबीच भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यवृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको हो।
सोही सहमतिअनुसार भोलिबाटै नयाँ भाडादर कायम गर्न मन्त्रालयले...