काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सरकारले नेपाल प्रहरीलाई निर्देशन दिएको छ । सरकारले प्रहरी प्रधान कार्यालयलाई आइतबार बिहान सर्वोच्च अदालतमा जबरालाई छिर्न नदिन निर्देशन दिएको उच्च स्रोतले जनायो । सरकारको निर्देशन पछाडि जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन बिहानदेखि व्यापक रूपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रहरी प्रधान कार्यालयले […]
देशका स्वास्थ्य अधिकारीले राष्ट्रव्यापी मास्क लगाउनुपर्ने आदेश फिर्ता लिन सिफारिस नगरेका जनाउँदै उनले मास्क लगाउने बानीव्यवहारलाई सरकारले प्रोत्साहन गरेको बताए। उनले बुस्टर खोप लगाउन, मास्क लगाउन तथा बिरामी भएमा नै बस्न पनि आग्रह गरे।...
काठमाण्डाै - कोरोना विरुद्धको खोप लगाउन छुटेको भए तत्काल लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फेरि बढेसँगै मन्त्रालयले खोप लगाउन छुटेको भए खोप लगाउन आग्रह गरेको हो ।
सरकारले प्राथमिकतामा राख्दाराख्दै पनि केही व्यक्ति खोप लगाउनबाट छुटेका पाइएकाले उनीहरुलाई खोप लगाउन आग्रह गरिएको हो ।
खोपले सङ्क्रमण भए पनि जटिल अवस्था निम्तन नदिने भएकाले खोपको महत्त्व बुझ्न स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आग्रह गर्नुभयो । 'कतिपयकाे बुझाइ खोप लगाएपछि पनि कोरोना सङ्क्रमण हुने रहेछ ...
काठमाडौँ । सरकारले कोरोनाविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन आग्रह गरेको छ । सरकारले ५ वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई यही असार ९ देखि कोभिड-१९ विरुद्धको खोप दिन सुरु गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई लगाउन आग्रह गरेको हो । “पहिलो चरणअन्तर्गत २७ जिल्लामा यो खोप कार्यक्रम […]
काठमाडौं : असार ९ गतेदेखि सरकारले पहिलो र दोस्रो चरण गरी ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको ‘पेडियाट्रिक’ फाइजर खोप लगाउँदै छ।हाल नेपालमा १२ वर्षमाथिका ९६ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको एक मात्रा र ८६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् तर ५ र ११ वर्षका बालबालिकालाई सरकारले पहिलोपटक खोप लगाउन लागेको हो।पहिलो पटक यो खोप लगाउन लागिए पनि अभिभावकले यो खोप आफ्ना बालबालिकालाई लगाउन डराउनु नपर्ने बताउँछन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालका सहप्रवक्ता डा. समिर अधि
ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको कोभिशिल्डको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । सोमबारबाट सरकारले कोभिड शिल्डको भ्याक्सिन लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई दोस्रो मात्राको खोप लगाउन शुरु गरेको हो ।
हंगेरीले आफ्ना नागरिकहरुलाई कोरोनाभाइरस विरुद्धको खोप तेस्रो पटक लगाउन आह्वान गर्ने भएको छ । प्रधानमन्त्री भिक्टर अर्बानले शुक्रबार दिएको जानकारीअनुसार सरकारले आगामी अगस्टदेखि नागरिकहरुलाई खोपको तेस्रो मात्रा लगाउन आह्वान गर्ने भएको हो । तेस्रो मात्रा खोप लगाउन अनिवार्य नगरिने र लगाउन चाहेकाहरूले भने लगाउने पाइने व्यवस्था गरिने उनले बताए ।“खोप लगाउने योग्य रहेका, आवश्यकता देखिएका, स्वास्थ्य अवस्थाले अनुकूल भएका सबै नागरिकलाई तेस्रो खोप लगाउने व्यवस्था गर्न लागिएको छ”, सार्वजनिक
एजेन्सी । कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाउन माल्दिभ्स सरकारले पनि अनुमति दिएको छ । माल्दिभ्स खाद्य तथा औषधी प्राधिकरण (एमएफडीए) ले भारतको सेरम इस्टिच्युटमा बनाइएको खोप लगाउन अनुमति दिने निर्णय गरेको हो । स्थानीय सञ्चारमाध्यमहरूले शुक्रबार सम्प्रेषण गरेको समाचार अनुसार अत्यावश्यक तथा आपतकालीन अवस्थामा मात्रै सो खोप लगाउन अनुमति दिइएको हो । खोप विकास गरेका कम्पनीहरुले नै कोभिशिल्ड खोप आपतकालीन अवस्थामा मात्रै लगाउनुपर्ने बताएकाले आपतकालीन अवस्थाका लागि मात्रै स्वीकृति दिइएको एमएफडीएले