त्रिपुरेश्वरको नयाँ भव्य भवनमा नारायणहिटीबाट सरेपछि सेवाग्राहीलाई लागेको थियो अब पासपोर्ट सजिलै पाइनेछ । त्यसमा अनलाइन प्रणालीसमेत अपनाएपछि पासपोर्ट वितरण झनै सहज हुन्छ । तर, त्यसो हुन सकेन । मोरङका राजकुमार बास्तोला पुरानो पासपोर्ट हराएपछि नयाँ पासपोर्ट बनाउन भनेर काठमाण्डौ आउनु भएको एक हप्ता भयो । तर, उहाँले अझै अनलाइन फर्म भर्न सक्नु भएको छैन ।
दुबई जानका लागि भिसा आइसकेको बताउने बास्तोला निराश हुँदै भन्नुहुन्छ, ‘मेरो त फर्म नै सबमिट भएको छैन । भयो भने पनि हप्ता, दश दिन यसै लाग्छ । अनि पासपोर्ट पाउन...