नेपालमा बुधवारदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) लागू भएको छ । त्रिपुरेश्वरस्थित सभाहलमा पहिलो विद्युतीय राहदानी वितरण गर्दै राहदानी विभागले ई–पासपोर्ट लागू गरेको हो ।
सर्वसाधारणलाई जारी गर्ने ई–पासपोर्ट चक्लेटी रङमा हुनेछ । यसअघिको राहदानी हरियो रङमा थियो ।
ई–पासपोर्ट कस्तो हुन्छ वा कसरी काम गर्छ भन्ने सर्वसाधारणमा चासोको विषय बनेको छ ।
राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार ई–पासपोर्टमा पोलिकार्बोनेट चिप र एन्टेना राखिएको छ । ‘त्यो चिप र ए...