डिजेल बोकेको ट्यांकर बीच बाटोमै गायब भएपछि त्यसको अनुसन्धान गर्नका लागि समिति गठन गरिएको छ । नेपाल आयल निगमले प्रादेशिक प्रमुख ई अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानविन टोली गठन गरेको हो । समितिले सात दिनभित्र सत्य तथ्य बुझी प्रतिवेदन पेश गर्ने छ ।