नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले फुटबल खेलाडी र मुख्य प्रशिक्षक विवादको विषयमा छानविन समिति नयाँ बनाउन माग गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडी प्रशिक्षक विवादको विषयमा छानविन गर्न एक सदस्यीय समिति गठन गरेको चर्चा चलेको थियो ।एन्फाले सुरुमा छानविन समिति गठन भएको जानकारी दिएपनि पछि त्यसलाई सच्याउँदै छानविन समिति नबनेको बताएको थियो । एक सदस्यीय छानविन समितिले खेलाडीहरुलाई उचित न्याय नदिने भन्दै एनएनआइपीएले शुक्रबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई नयाँ सम