बाजुरा – बाजुराको हिमाली गाउँमा पहिरोले घर भत्कने जोखिम भएपछि एकसय भन्दा धेरै परिवार विस्थापित भएका छन् । गाउँ मुनिबाट खनेको सडकले बस्ती भासिएपछि दुई वडाका एक सयभन्दा धेरै परिवार दुई हप्तादेखि विस्थापित भएका हुन् ।
विस्थापित परिवारका लागि अस्थायी टहरा बनाउने प्रक्रिया सुरु भएको छ । अहिले अस्थायी पाल र राहत वितरण भैरहेको र केही दिनमै अस्थायी टहरा बनाइने गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले उज्यालोलाई जानकारी दिनुभयो । वडा नम्बर ४ को फैती गाउँका २७ र वडा नम्बर ५ को क्युडीका ९४ परिवार विस्थापित भएका उ...