कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाउने अभियान विश्वव्यापी रूपमा चलिरहेको छ ।
कतिपय ठाउँमा सर्वसाधारणले खोप लगाउन आनाकानी गरिरहेका छन् । यस्तो अवस्थामा स्थानीय स्तरमा अनौठा अभियान चलिरहेका छन् ।
भारतको मध्यप्रदेशस्थित रतलाममा कोरोना खोप नलगाउनेलाई नमकिन किन्न नपाइने नियम बनाइएको छ । त्यहाँ पसलबाट नमकिन किन्दा कोरोना खोप कार्ड देखाउनुपर्नेछ ।
यो नियम कुनै २–४ पसलमा होइन, पूरै शहरमा कोरोना खोप कार्ड विना नमकिन नपाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
रतलाम नमकिनका लागि प्रसिद्ध शहर हो । त्यहाँ रतलाम...