चोटबाट बच्न खेलाडीले लगातार मेहनत गरिरहेको हुन्छ । खेलाडीले चोटबाट कसरी बच्ने हो भनेर अध्ययन गरेकै हुनुपर्छ । तर, पनि चोटले खेलाडीलाई छोड्दैन । यसमध्ये केही चोट सामान्य हुन सक्छन्, केही दिनको उपचार पनि निको हुने । तर, केही चोट यस्ता पनि हुन्छन्, जसले खेलाडीको पूरा खेल जीवनमै समाप्त पार्न सक्छ ।