इलाम : ५० दशकको अन्त्यतिर एथ्लेट बन्ने पाइला चाल्दै गर्दा इलामको माई नगरपालिका–१० लुम्बक (साविक चिसापानी) की प्रमिला रिजालको सपना विभागमा खेलाडीको रुपमा जागिर खाएर आमालाई सुख दिने थियो।९ वर्षको उमेरमा नै बाबु गुमाएकी उनले आफु र दाजुहरूलाई हुर्काउन आमाले गरेको संघर्ष नजिकैबाट अनुभूत गरेकी थिइन्। तर उनले सोचेकी थिइनन्, चिसापानीको डाँडाकाडाँको दौडानले जागिर मात्र हैन, एउटा बेग्लै पहिचान समेत दिन्छ भनेर।उनको परिश्रम, स्कुलमा गुरुहरूले दिएको हौसला र परिवारको मायाले विभागीय टोली शसस्त्र प्रहरीको