प्रशिक्षक राहुल द्रविडले भारतीय क्रिकेट टिममा ब्याटिङ गहिराइ आवश्यक भएको बताएका छन् । आफ्नो टिम वेस्ट इन्डिजविरुद्ध ट्वान्टी–२० शृंखलामा पराजित भएपछि उनको यो प्रतिक्रिया आएको हो । उनले शृंखलाको समाप्तिमा भने, ‘सायद टिममा केही हदसम्म लचकता छैन । त्यसैले टिमको ब्याटिङक्रममा तलमाथि गर्न गाह्रो छ ।’