बागलुङ । बागलुङका स्थानीय तहले कोरोना महामारीसँग जुध्न सक्रियता देखाए पनि आवश्यक स्वास्थ्यकर्मी र अक्सिजन नहँुदा संक्रमितको उपचारमा समस्या भएको छ ।
संक्रमितको उपचारका लागि स्थानीय तहले गाउँमै आइसोलेसन सञ्चालन गरे पनि विशेषज्ञ चिकित्सक र पर्याप्त अक्सिजन नहुँदा गम्भीर प्रकृतिका संक्रमितलाई उपचारका लागि जिल्ला सदरमुकाममा रहेको धौलागिरि अस्पतालमा लैजानुपर्ने बाध्यता रहेको स्थानीय तहको गुनासो छ ।
जिल्लाको काठेखोला गाउँपालिकाले महामारी नियन्त्रणका लागि भीमसेन प्राथमिक विद्यालयको खाली भवनमा १० बेडको आइसोलेसन कक्ष निर्माण गरे पनि विशेषज्ञ चिकित्सक अभावमा गम्भीर बिरामीलाई धौलागिरि अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए । ‘गाउँपालिकामा १० बेडको आइसोलेसन कक्ष निर्माण गरिएको छ,’ अध्यक्ष थापाले भने, ‘विशेषज्ञ चिकित्सकका लागि विज्ञापन गर्दा पनि कसैले आवेदन नदिएकाले गम्भीर प्रकृतिका बिरामीलाई उपचार गर्न समस्या भएको छ ।’
गाउँपालिका अध्यक्ष थापाले जिल्ला सदरमुकाम नजिकको पालिका भएकाले बागलुङ नगरपालिकासँग समन्वय गरी १० जनाभन्दा धेरै बिरामी भए नगरपालिकामा पठाइने गरेको बताए ।
‘बेड मात्र थप गरेर हुँदैन,’ अध्यक्ष थापाले भने, ‘बिरामीलाई गम्भीर समस्या देखापरे तुरुन्त अस्पताल पु¥याउनुपर्ने समस्या छ । हामीसँग चिकित्सक छैनन् । बागलुङ नगरपालिकाको आइसोलेसनमा धौलागिरि अस्पतालका चिकित्सकले समन्वय गरिरहेकाले नगरपालिकासँग समन्वय गरेर गम्भीर बिरामीलाई अस्पातल र नगरपालिकाको आइसोलेसनमा पठाउने गरेका छौं ।’
काठेखालामा जस्तै तमानखोला गाउँपालिका, निसीखोला गााउँपालिकाले पनि त्यस्तै समस्या भोग्नुपरेको छ । पालिकामा विशेषज्ञ डाक्टर नहुँदा गम्भीर बिरामीलाई धौलागिरि अस्पतालमै पठाउनुपर्ने समस्या रहेको पालिकाका स्वास्थ्य शाखाले जनाएका छन् ।
चिकित्सक अभावका कारण बिरामीलाई गाह्रो हुँदा र अक्सिजन लेभल घट्दै जाँदा उपचारका साथै औषधी दिन गाह्रो हुने बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।
बागलुङ नगरपालिकाको आइसोलेसनमा धौलागिरि अस्पतालका डाक्टरसँग समन्वय गरी काम गरिरहेको उनले बताए । ‘हामीले अस्पतालका डाक्टरसँग समन्वय गरी काम गरिरहेका छौं,’ उनले भने, ‘नगर स्वास्थ्य शाखाको सबै टोली र नगरपालिकाभित्रका स्वास्थ्यकर्मी, विद्यालय नर्सलाई पनि आइसोलेसनमा खटाइएको छ । बिरामीलाई धेरै गाह्रो भए र तिनको समस्या अस्पतालका चिकित्सकलाई बताएर सुझावबमोजिम औषधी दिइने गरिएको छ ।’
बागलुङ नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा अस्पतालमा बेड अभाव भए कम लेबलको अक्सिजन दिनुपर्ने र निको हुँदै गएका बिरामीलाई राख्ने गरिएको स्वास्थ्य शाखा प्रमुख खनालले बताए । नगरपालिकाको आइसोलेसनमा अहिले म्याग्दी र गुल्मीका बिरामी पनि उपचाररत रहेको उनको भनाइ छ ।
धौलागिरि अस्पतालमा लामो समय काम गरेका खनालले स्थानीय तहमा एक्स–रे मेसिन नहुँदा जटिल प्रकारको निमोनिया पहिचानका लागिसमेत समस्या हुने गरेको बताए ।
‘चिकित्सक र एक्स–रे मेसिन नहुँदा स्थानीय तहमा कोभिड बिरामीको उपचारका लागि समस्या हुन्छ,’ उनले भने, ‘बिरामीको फोक्सोको अवस्था र कुन औषधी दिने भन्नेमा चिकित्सकसँग सल्लाह लिनुपर्ने भए पनि कतिपय स्थानीय तहले सञ्चालन गरेका आइसोलेसनमा चिकित्सक नहुँदा समस्या भोग्नुपरेको छ ।’
बागलुङको जैमिनी नगरपालिका– १ जना, ढोरपाटन नगरपालिकाले आइसोलेसन निर्माण गरेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना, गल्कोट नगरपालिकामा २ जना, बडिगाड गाउँपालिकामा १ जना, बरेङ गाउँपालिकामा १ जना र ताराखोला गाउँपालिकामा १ जना विशेषज्ञ चिकित्सक रहेको पालिकाहरूले जनाएका छन् ।
पालिकामा विशेषज्ञ डाक्टर भए पनि अक्सिजनको प्राप्त सुविधा नभएकाले हाइफलो अक्सिजन दिनुपर्ने बिरामीलाई अस्पतालमै पठाउनुपर्ने बाध्यता छ ।
यस्तै, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र, गल्कोट नगरपालिका र जैमिनी नगरपालिकामा मात्र एक्स–रेको सुविधा भए पनि अन्य पालिकामा यस्तो सुविधा नभएकाले उनीहरूले पनि कोरोनाका बिरामीलाई समस्या भए धौलागिरि अस्पतालमै पठाउनुपर्ने अवस्था छ ।
बागलुङमा काठेखोला गाउँपालिकामा १० बेड, बागलुङ नगरपालिकामा ३५ बेड, गल्कोटमा ११ बेड, ढोरपाटनमा १० बेड, जैमिनीमा १० बेड, बरेङ गाउँपालिकामा ५ बेड, निसीखोलामा १५ बेड, तमानखोलामा १० बेड, बडिगाडमा १० बेड र ताराखोलामा १५ बेडको आइसोलेसन कक्ष छन् ।
यस्तै, १० पालिकामा १ सय २७ वटा मात्रै अक्सिजन सिलिन्डर रहेका छन् । काठेखोला गाउँपालिकामा ३ वटा, बागलुङ नगरपालिकामा २५ वटा, गल्कोटमा १४ वटा, ढोरपाटनमा २१ वटा, जैमिनीमा ६ वटा, बरेङमा ८ वटा, निसीखोलामा ६ वटा, तमानखोलामा ८ वटा, बडिगाडमा २७ वटा र ताराखोला गाउँपालिकामा ९ वटा अक्सिजन सिलिन्डर छन् ।
२५ बेडको आइसोलेसन कक्ष रहेको धौलागिरि अस्पतालमा ३ बेडको सघन कक्ष (आईसीयू) रहेको छ । अक्सिजन प्लान्ट रहेको अस्पतालमा १ सय २९ वटा अक्सिजन सिलिन्डर रहे पनि २४ घन्टामा अक्सिजन प्लान्टबाहेक ९१ वटा अक्सिजन खपत हुने गरेको धौलागिरि अस्पतालकी व्यवस्थापन अधिकृत प्रमिला ढकालले बताइन् ।
जेठ ११, बागलुङ । बागलुङका स्थानीय तहले कोरोना महामारीसँग जुध्न सक्रियता देखाएपनि आवश्यक स्वास्थ्यकर्मी र अक्सिजन नहुँदा संक्रमितको उपचारमा समस्या भएको छ ।
संक्रमितहरुको उपचारका लागि स्थानीय तहले गाउँमै आइसोलेशन सञ्चालन गरे पनि विशेषज्ञ चिकित्सक र पर्याप्त अक्सिजन नहुँदा गम्भिर प्रकृतिका संक्रमितलाई उपचारका लागि जिल्ला सदरमुकाममा रहेको धौलागिरी अस्पतालमा लैजानुपर्ने बाध्यता रहेको स्थानीय तहको गुनासो छ ।
जिल्लाको काठेखोला गाउँपालिकाले महामारी नियन्त्रणका लागि भीमसेन प्रथामिक विद्यालयको खाली भएको भवनमा १० बेडको आइसोलेशन कक्ष निर्माण गरिएपनि विशेषज्ञ चिकित्सकको अभावमा गम्भिर बिरामीहरुलाई धौलागरी अस्पतालमा पठाउनु पर्ने बाध्यता रहेको गाउँपालिका अध्यक्ष अमर बहादुर थापाले जानकारी दिए ।
‘गाउँपालिकामा १० बेडको आइसोलेशन कक्ष निर्माण गरिएको छ,’ अध्यक्ष थापाले भने ‘विशेषज्ञ चिकित्सकको लागि विज्ञापन गर्दा पनि कसैले आवेदन नभरेकोले गम्भिर प्रकृतिको बिरामीहरुलाई उपचार गर्न समस्या भएको छ ।’
गाउँपालिका अध्यक्ष थापाले जिल्ला सदरमुकामको नजिकको पालिका भएकोले बागलुङ नगरपालिकासँग समन्वय गरि १० जना भन्दा धेरै बिरामी भएमा नगरपालिकामा पठाइने गरेको बताए । ‘बेड मात्र थप गरेर हुँदैन,’ अध्यक्ष थापाले भने ‘बिरामीलाई गम्भिर समस्या देखा परेमा तुरुन्त अस्पताल पु¥याउनुपर्ने समस्या छ, हामीसँग चिकित्सकहरु हुनु हुँदैन बागलुङ नगरपालिकाको आइसोलेशनमा धौलागिरी अस्पतालका चिकित्सकहरुले समन्वय गरिरहेकोले हामीले नगरपालिकासँग समन्वय गरेर गम्भिर बिरामीहरुलाई अस्पतल र नगरपालिकाको आइसोलेशनमा पठाउने गरेका छौं ।’
काठेखालामा जस्तै बागलुङ जिल्लाको तमानखोला गाउँपालिका, निसीखोला गााउँपालिकाले पनि त्यस्तै समस्या भोग्नुपरेको छ । पालिकामा विशेषज्ञ डाक्टरहरु नहुँदा गम्भिर विरामीहरुलाई धौलागिरी अस्पतालमै पठाउनु पर्ने समस्या रहेको पालिकाको स्वास्थ्य शाखाले जानकारी दिएका छन् ।
चिकित्सकको अभाव हुँदा विरामीलाई गाह्रो हुँदा र अक्सिजन लेबल घट्दै जाँदा उपचारमा समस्या हुने र औषधिहरु दिनको लागि पनि गाह्रो हुने बागलुङ नगरपालिकाका नगरस्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिए । उनले बागलुङ नगरपालिकाको आइसोलेसनमा धौलागिरी अस्पतालका डाक्टरहरुसँग समन्वय गरि काम गरिरहेको समेत बताए ।
‘हामीले अस्पतालका डाक्टरहरुसँग समन्वय गरि काम गरिरहेका छौं,’ उनले भने ‘नगरस्वास्थ्य शाखाका सबै टोली र नगरपालिका भित्र रहेका स्वास्थ्यकर्मी, विद्यालय नर्सहरुलाई पनि आइसोलेशनमा खटाइएको छ । बिरामीहरुलाई धेरै गाह्रो भएमा र उनीहरुको समस्या अस्पतालका चिकित्सकहरुलाई बताएर उहाँहरुको सल्लाह बमोजिम औषधिहरु दिइने गरिएको छ ।’
बागलुङ नगरपालिकाले सञ्चालन गरेको आइसोलेशनमा अस्पतालमा बेड अभाव भएमा कम लेबलको अक्सिजन दिनुपर्ने र निको हुँदै गएका बिरामीहरुलाई राख्ने गरिएको स्वास्थ्य शाखाका प्रमुख खनालले बताए । उनले नगरपालिकाको आइसोलेशनमा अहिले म्याग्दी र गुल्मी जिल्लाका बिरामीहरु पनि उपचाररत रहेको बताए ।
धौलागिरी अस्पतालमा लामो समय काम गर्नुभएका खनालले स्थानिय तहमा एक्स–रे मेसिन नहुँदा जटिल प्रकारको निमोनिया पहिचानको लागि समेत समस्या हुने र उपचारमा गाह्रो हुने गरेको बताए । ‘चिकित्सक र एक्स–रे मेसिन नहुँदा स्थानीय तहहरुमा कोभिडका विरामीहरुको उपचारको लागि समस्या हुन्छ,’ उनले भने ‘बिरामीहरुको फोक्सोको अवस्था के छ र अब कुन औषधि दिने भन्नेमा चिकित्सकहरुसँग सल्लाह लिनुपर्ने भएपनि कतिपय स्थानीय तहले संचालन गरेका आइसोलेशनमा चिकित्सक नहुँदा समस्या भोग्नुपरेको छ ।’
बागलुङ जिल्लाको जैमिनी नगरपालिका १ जना, ढोरपाटन नगरपालिकाले आइसोलेशन निर्माण गरेको बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रमा २ जना, गल्कोट नगरपालिकामा २ जना, बडिगाड गाउँपालिकामा १ जना, बरेङ गाउँपालिकामा १ जना र ताराखोला गाउँपालिकामा १ जना विशेषज्ञ चिकित्सक रहेको पालिकाहरुले जानकारी दिएका छन् ।
पालिकामा विशेषज्ञ डाक्टर भएपनि अक्सिजनको प्राप्त सुविधा नभएकोले हाइफ्लो अक्सिजन दिनुपर्ने बिरामीहरुलाई अस्पतालमै पठाउनु पर्ने समस्या रहेको छ । यस्तै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, गल्कोट नगरपालिका र जैमिनी नगरपालिकामा मात्र एक्स–रेको सुविधा भएपनि अन्य पालिकामा एक्सरेको सुविधा नभएकोले उनीहरुले पनि कोरोनाको बिरामीलाई समस्या भएमा धौलागिरी अस्पतालमै पठाउनुपर्ने अवस्था रहेको छ ।
सर्वाेच्च अदालतले कोभिड विरुद्धको खोप लगाउन बाँकी रहेकालाई खोप लगाउने कार्य अविलम्ब रूपमा गर्न अन्तरिम आदेश दिएको छ ।
निवेदक किर्तिनाथ शर्मा पौडेलको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपककुमार कार्कीको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा आदेश जारी गरेको हो ।
अदालतले स्वास्थ्य संस्थामा बेड अभाव भए कुनै पनि खाली स्थान वा भवनमा अस्थायी उपचार केन्द्रको व्यवस्था मिलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको उचित व्यवस्था गरी प्रभावकारी उपचारको व्यवस्था गर्न समेत आदेश दिएको छ ।
अक्सिजनको अभावका कारण नागरिकको मृत्यु ...
वैशाख ३०, धरान । कोरोना संक्रमण बढ्दै गएपछि अक्सिजनको अभाव पनि चुलिदै गएको छ । अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेपछि उपचारबाटै बञ्चित हुनु परेको छ भने कतिपय स्थानहरुमा संक्रमितको मृत्यु नै भएको छ ।
सरकारले पनि अस्पतालहरुलाई अक्सिजन उत्पादनमा जोड दिइरहेको छ । अक्सिजनको संकट सम्बोधन गर्न देशभित्र रहेका अक्सिजन उद्योगको क्षमता विस्तार, लिक्विड अक्सिजन प्लान्टको जडान र खाली सिलिन्डर खरीद गर्ने जस्ता विषयलाई प्राथमिकतामा राखिएको जानकारी दिएको छ ।
धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्ट रहेको छ । खपत भन्दा ४ गुणा बढी उत्पादन हुने गरेको प्रतिष्ठानको दाबी छ ।
प्रतिष्ठानमा अक्सिजनको अभाव नहुने भएकाले उपचार कक्ष थप गरेर स्वास्थ्य सेवा दिन सकिने देखिएको छ । अक्सिजन आवश्यक्ता पर्ने बिरामीका लागि बेड संख्या थपेर उपचार गर्न सकिने सम्भावना रहेको प्रतिष्ठानका चिकित्सकहरुको भनाइ छ ।
प्रतिष्ठानका अनुसार अहिले प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्टबाट प्रति मिनेट १ हजार ६०० लिटर अक्सिजन उत्पादन भइरहेको छ । खपत भन्दा चार गुणा बढी अक्सिजन उत्पादन हुने गरेको छ ।
पछिल्लो समय कोभिडका बिरामीको चाप बढ्दै गएको अवस्थामा कोभिड अस्पताल सहित प्रतिष्ठानका अन्य विभागहरुमा प्रयोग भएको अक्सिजन खपत बढ्दै गएपछि प्रतिष्ठानमा उत्पादन भएको अक्सिजनबाट करीब ४०० देखि ५०० बिरामी भर्ना भए पनि धान्न सकिने भएको छ ।
कोभिडको उपचारका लागि बेड संख्या बढाएर अक्सिजन सहितको उपचारको व्यवस्था गर्नुपर्ने एक चिकित्सक बताउँछन् । उनले भने, ‘प्रतिष्ठानले दाबी गरे जस्तो खपतभन्दा ४ गुणा बढी अक्सिजन उत्पादन भइरहेको छ भने, सोही अनुपातमा बेड संख्या थप गरेर अक्सिजन सहितको उपचारको व्यवस्थापन गर्न सकिन्छ ।’
अक्सिजन प्लान्टका लागि आवश्यक पर्ने प्राविधिक सहित, जेनेटर लगायत जनशक्तिलाई व्यवस्थित गर्दै चौबिसै घण्टा अक्सिजन उत्पादन गरेर सहजताका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ । बेड संख्या थपेर कोभिडका बिरामीलाई अक्सिजन सहितको उपचारका लागि थप कक्षहरु निर्माण गरिनु पर्ने उनी बताउँछन् । उत्पादन भएका अक्सिजन थप बिरामीको लागि उपयोग गर्न सकिने उनले बताए ।
दैनिक संक्रमितको संख्या बढ्दै गएपछि प्रतिष्ठानले पनि अन्य विभागहरुमा कोभिड उपचारका लागि कक्ष थप्ने तयारी गरेको छ । केही विभागीय वार्डहरुमा अक्सिजन पाइपलाइन विस्तार गरेर बेड थप गर्ने पहल भइरहेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले बताए ।
पछिल्लो समय दोस्रो चरणको कोरोना संक्रमण अघिल्लो भन्दा विल्कुलै फरक भएकाले अक्सिजनको खपत पनि बढ्दै गएको छ । प्रतिष्ठानले कल्पना गरे जस्तो भन्दा फरक भएकाले प्रतिष्ठानमा पनि अक्सिजनको खपत बढेको उनी बताउँछन् ।
उनले भने, ‘दैनिक ६०० देखि ७०० सम्म खपत होला भन्ने सोचेका थियौं, तर अहिले संक्रमण दर बढे अनुसार अक्सिजनको मात्रा धेरै दिनुपर्ने अवस्था छ, अक्सिजन उत्पादनमा कमी भएको होइन्, बिरामीलाई चाहिने अक्सिजनको मात्रा बढ्दै गएको छ ।’ उत्पादन भएका अक्सिजनले थप बिरामीलाई समेत सेवा दिन सकिने भएकाले नयाँ बेड थप गर्ने योजनामा रहेको उनले बताए ।
इटलीको एक अस्पतालमा कार्यरत एक चिकित्सकलाई कोरोनाभाइरस वार्डमा रहेको दुई रोगीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । महामारी चर्किएको बेलामा बेड खाली गर्न उनले ती रोगीहरूको हत्या गरेको आरोप छ । कार्लो मोस्का नामक ती चिकित्सकले ६१ वर्षीय नताले बास्सी र ८० वर्षीय एन्जेलो पालेत्तीलाई लोम्बार्डीमा रहेको अस्पतालमा गत मा...