रातारात श्रेष्ठको समर्थन देउवालाई, निधि पछि नह्टने

काठमाडौं, मंसिर २५ । जारी १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले अन्ततः पछि सरेका छन् । नेता श्रेष्ठले सभापतिको उम्मेदवारीबाट पछि सर्दै शेरबहादुर देउवालाई समर्थन गर्ने भएका हुन् । अहिले बिहान १० बजेदेखि मनोनयन दर्ता सुरु हुँदैछ । देउवा समूहकै नेता श्रेष्ठले मनोनयन दर्ता सुरु हुन केहिसमय अघि आएर […]

सम्बन्धित सामग्री

दोस्रो चरणको चुनावमा सिंह, निधि र गुरुङको समर्थन देउवालाई

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि हुने दोस्रो चरणको चुनावमा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले शेरबहादुर देउवालाई समर्थन गर्नुभएको छ । सभापति पदका लागि भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच जना उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुन लागेको हो । दोस्रो चरणको चुनावमा सभापतिका उम्मेदवार रहनुभएका देउवालाई प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गर्नुभएको हो ।

निधिको पनि समर्थन देउवालाई

पहिलो चरणको मतदानमा ५० प्रतिशत मत नकटाएपछि साथ खोज्दै हिँडेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विमलेन्द्र निधिले पनि साथ दिने भएका छन् ।देउवा दोस्रो चरणमा आफूलाई समर्थन गर्न भन्दै मंगलबार बिहान निधि निवास वानेश्वर पुगेका थिए । निधिले आफ्नो समर्थन देउवालाई नै हुने बताएका छन् ।

कल्याण गुरुङको पनि समर्थन देउवालाई

काठमाडौं । नेपाली कांग्रेस सभापतिको दोस्रो चरणको मतदानमा कांग्रेस नेता कल्याण गुरुङले पनि शेरबहादुर देउवालाई समर्थन गर्नुहुने भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार सभापतिका लागि भएको मदानमा उम्मेदवार बनेका कसैले पनि बहुमत नल्याएपछि दोस्रो चरणमा गुरुङले देउवालाई सघाउने हुनुभएको हो । सभापतिमा उम्मेदवारी दिएका देउवा, विमलेन्द्र निधि, डा. शेखर कोइराला, प्रकाशमान सिंह […]

निधिको समर्थन पनि देउवालाई, पार्टी नेतृत्व गर्ने कोइरालाको प्रयास विफल

काठमाडौँ – पहिलो चरणमा सभापतिका उम्मेदवार रहेका विमलेन्द्र निधिले पनि दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । यसअघि प्रकाशमान सिंहले पनि आफ्नो समर्थन देउवालाई रहने बताइसकेका छन्। निधि र सिंहको समर्थनसँगै सभापतिमा देउवाको जित निश्चित भएको छ । सभापतिमा निर्वाचित हुनका लागि देउवालाई ८२ मतको कमी भएपछि पुनः मतदान हुने भएको छ। […]

प्रकाशमानको समर्थन देउवालाई, दोस्रो चरणको मतदान आजै साढे ३ बजेदेखि

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको निर्वाचनमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नकटाएपछि प्रकाशमान सिंहले दोस्रो चरणमा शेरबहादुर देउवालाई सघाउने हुनुभएको छ । पहिलो चरणमा सभापतिका उम्मेदवार देउवा,सिंह,विमलेन्द्र निधि र कल्याण गुरुङले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणमा सभापतिका लागि निर्वाचन हुन लागेको हो ।कसैको पनि बहुमत नआएपछि देउवा सिंहसँग भेटवार्ताका […]