दोस्रो चरणको चुनावमा सिंह, निधि र गुरुङको समर्थन देउवालाई

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि हुने दोस्रो चरणको चुनावमा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले शेरबहादुर देउवालाई समर्थन गर्नुभएको छ । सभापति पदका लागि भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच जना उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुन लागेको हो । दोस्रो चरणको चुनावमा सभापतिका उम्मेदवार रहनुभएका देउवालाई प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गर्नुभएको हो ।