काठमाडौं : दिवा खाजा कार्यक्रमको लागि बजेट अपुग भएपछि विद्यार्थीहरूको दिवा खाजा कटौती हुने देखिएको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह-सचिव डा. हरि लम्सालका अनुसार अर्थ मन्त्रालयबाट बजेट थप नभएमा चालु आव ०८०/८१ को साउनदेखि नै कक्षा १ देखि ५ सम्म मात्रै दिवा खाजा दिइनेछ।सरकारले यसअघि कक्षा ६ सम्म नै दिवा खाजा दिँदै आएको थियो तर यस आवमा दिवा खाजा कार्यक्रमको लागि कम बजेट निकासा भएको शिक्षा मन्त्रालयका सह-सचिव लम्सालले बताए।शिक्षाले अर्थ मन्त्रालयलाई दिवा खाजा कार्यक्रमको ला