न्युयोर्कसँग विराटनगर महानगरको भगिनी सम्बन्ध गाँसिदै, फोहोर व्यवस्थापनमा सहकार्य हुने

विराटनगर । अमेरिका भ्रमणबाट फर्किएका विराटनगरका मेयर नागेश कोइरालाले फोहोर व्यवस्थापनका लागि न्युयोर्क महानगरसँग सहकार्य गर्ने सहमति भएको बताएका छन् । एक महिना लामो आमेरिका भ्रमणबाट फर्किएका कोइरालाले न्युयोर्क महानगर र विराटनगर महानगरबीच भगिनी सम्बन्ध स्थापित गर्ने समेत सहमति भएको जानकारी गराए । उनी गत असोज १० गते ४० भन्दा बढीका देशका स्थानीय सरकारका प्रमुख […]

सम्बन्धित सामग्री

भीमसेन थापा गाउँपालिका र चुमनुव्री गाउँपालिकाबीच भगिनी सम्बन्ध

काठमाडौँ,११ फागुन । गोरखाको भीमसेन थापा गाउँपालिका र चुमनुव्री गाउँपालिकाबीच भगिनीसम्बन्ध कायम भएको छ । प्राकृतिक सौन्र्दयले भरपूर्ण तथा पर्यटकीय गन्तव्यको राम्रो सम्भावना बोकेको चुमनुव्री गाउँपालिका र नेपालका प्रथम मुख्तियार भीसमेन थापाको जन्मस्थान भीमसेन थापा गाउँपालिकाबीच समन्वय एवं सहकार्य गरी असल अभ्यास र अनुभव आदानप्रदान गर्ने उद्देश्यले दुई पालिकाबीच भगिनीसम्बन्ध स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर भएको […]

पोखराका मेयर भरतपुरको भ्रमणमा, पर्यटनमा सहकार्य गरिने

काठमाडौँ- पोखराका मेयर धनराज आचार्य र भरतपुरकी मेयर रेणु दाहालबीच भेटवार्ता भएको छ । भरतपुर महानगरपालिकाले गरेका कामबारे जानकारी लिन आचार्यको टोली भरतपुर पुगेको थियो । दुई नगरबीच सहकार्यका लागि यसअघि नै भगिनी सम्बन्ध कायम भएको छ । भेटका क्रममा दुई नगरबीचको असल अभ्यासबारे छलफल भएको पोखराका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए । […]

भरतपुर र पोखरा महानगरपालिकाका प्रमुखबीच भेटवार्ता

भरतपुर महानगर प्रमुख रेनु दाहाल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यबीच आईतबार भरतपुर महानगरपालिकामा भेटवार्ता भएको छ । भेटका क्रममा स्थानीय तहमा हुने असल अभ्यासको विषयमा छलफल भएको भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रामबन्धु सुवेदीले जानकारी दिए ।छलफलका क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले  भरतपुर र पोखराबीच यसअघि नै भगिनी सम्बन्ध कायम भइसकेकाले राम्रा कार्यमा सहकार्य कायम रहने विचार व्यक्त गरिन् । मेयर दाहालले महानगरपालिकाले एक अर्कोको राम्रा अभ्यासको सिको गर्नुपर्

शहीद लखन र गण्डकी गाउँपालिकाबिच भगिनी सम्बन्ध

गोरखा । गोरखाका दुई गाउँपालिकाबिच भगिनी सम्बन्ध स्थापना भएको छ । जिल्लाको शहीद लखन र गण्डकी गाउँपालिकाबिच विभिन्न क्षेत्रमा सहयोग र सहकार्य गर्ने सहमति गर्दै भगिनी सम्बन्ध स्थापना भएको शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिए । भौगोलिक हिसाबले सिमाना जोडिएको र सहकार्य तथा समन्वय गरेर अघि बढ्दा विकास निर्माणमा समेत सजिलो हुने भएकाले […]

नगर साझेदारी कार्यक्रम : दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रमको शिलान्यास

फागुन ३, काठमाडौं। काठमाडौंको दक्षिणकाली मन्दिर पूर्वाधार विकास कार्यक्रमको शिलान्यास गरिएको छ । नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरको आर्थिक सहयोगमा निर्माण हुने कलात्मक प्रवेशद्वारको मंगलवार मेयर विद्यासुन्दर शाक्य र दक्षिणकालीका मेयर मोहन बस्नेतले संयुक्त रुपमा शिलान्यास गरेका छन् । सोहि अवसरमा महानगरकी उप-मेयर हरिप्रभा खड्गी श्रेष्ठ र दक्षिणकाली नगरकी उपमेयर बसन्ती तामाङ् (डंगोल) समेत सहभागी थिए।  दक्षिणकाली मन्दिरलाई व्यवस्थित गर्न ६ ओटा क्षेत्रमा काम हुँदैछ । नगर- नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौं महानगरबाट प्राप्त अनुदानबाट नगरपालिकाले यो परियोजना अगाडि बढाएको हो । यो वर्ष सञ्चालन हुने परियोजनाको लागत १ करोड २४ लाख रुपैयाँ रहेको छ ।  खुल्ला प्रतिस्पर्धाबाट ठेक्केदारले ८६ लाख ३३ हजार रुपैयाँमा निर्माण कबोल गरेको छ ।  शिलान्यासपछि बोल्दै शाक्यले जनताले उपभोग गर्ने वा जनताले लाभ पाउने कुरामा अस्वस्थ्य प्रतिस्पर्धा गर्न नहुने बताए । ‘काठमाडौं उपत्यकाका समस्याहरु एउटै छन् । एउटा ठाउँलाई छोडेर अर्को ठाउँ मात्र विकास गर्छौँ, भनेर काम गर्दा खण्डीकृत हुन्छ । हामी उपत्यकाको एकीकृत विकास गर्न चाहन्छौँ । यसका लागि नगरहरुका विचमा सहकार्य आवश्यक थियो । त्यो आवश्यकता पूरा गर्न काठमाडौँ महानगरले नेतृत्व गरिरहेको छ’, मेयर शाक्यले भने, ‘हामीले काठमाडौंका सवै पालिकासँग सहकार्य गरेपछि भक्तपुरका २ ओटा नगरसँग साझेदारी सहयोग गर्‍यौ । यसै गरेर एक प्रदेश एक भगिनी सहरको नीति लियौँ । विभिन्न ५ ओटा नगरसँग भगिनी सम्बन्ध स्थापना भएको छ । ती नगरलाई पनि पार्क निर्माण गर्न अनुदान सहयोग गरेका छौँ । पहिले लिएका नीति र कार्यक्रमलाई असर नहुने गरी थप सहयोग गर्न तयार छौँ ।’ दक्षिणकाली नगरका मेयर बस्नेतले काठमाडौँ महानगरले उदार भएर छिमेकी नगरको भौतिक समृद्धिमा सहयोग गरेको उल्लेख गरे । ‘काठमाडौँका जनतालाई आवश्यक पर्ने उत्पादन तथा सामग्री हाम्रो नगरमा छन् । हामी पनि महानगरका जनताको समस्या समाधानमा सघाउन चाहन्छौँ,’ उनले भने। सबै नगरहरुको समृद्धिलाई साथमा लिएर काठमाडौँ महानगरपालिका अगाडि बढेको बताउँदै महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सहरी विकासका सानातिना समस्या समाधान गर्ने हो भने ठूला र जटिल ठाउँमा पुग्नै नपर्ने धारणा राखिन । ‘महानगर एक्लै समृद्ध भएर हुँदैन । यो अनुभूति गरेर हामीले साझेदारी कार्यक्रमलाई बढाएका हौँ । महानगरमा पार्क बनाउने जग्गा छैन छिमेकी नगरमा जग्गा छ । अब महानगरका जनता छिमेकी नगरमा घुम्न जाने संस्कार बनाउन चाहन्छौँ ।’ दक्षिणकाली नगरकी उपमेयर बसन्ती तामाङ् (डंगोल) ले साझेदारी कार्यक्रमलाई नजिकबाट अनुभव गर्न पाएको बताईन । ‘काठमाडौं महानगरले साना नगरहरुलाई उदार मनले विकासमा अगाडि बढायो । दक्षिणकाली मन्दिर पूर्वाधार विकासमा सहयोग गर्‍यो । यसबाट देखाउन सकिने काम गर्न पाइएको छ ।’ नगर साझेदारी कार्यक्रमअन्तर्गत प्राचीन दक्षिणकाली क्षेत्रमा पहिलो चरणको काम सकिएर दोस्रो चरणको काम शूरू भएको छ ।

धौलागिरिका पाँच पालिकाको लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनसँग भगिनी सम्बन्ध

पर्वत । लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनले धौलागिरिका तीन जिल्लामा रहेका पाँच स्थानीय तहको विकास र समृद्धिमा सहयोग गर्ने भएको छ । शुक्रबार बागलुङमा फाउण्डेशन र बेनी नगरपालिका, बागलुङ नगरपालिका, कुस्मा नगरपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिका बीच संस्थागत सम्बन्ध कायम सहकार्य/समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको उपस्थितिमा फाउण्डेशनका संस्थापक उपाध्यक्ष गोविन्दप्रसाद […]

पुनर्निर्माणका लागि दुई देशको स्थानीय तहबीच सहकार्य हुने

भूकम्पले क्षति पु¥याएको सिन्धुपाल्चोकको एक नगरपालिकासँग छिमेकी राष्ट्र चीनको महानगरपालिकाले सहकार्य गर्ने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकासँगै चीनको छेन्दु महानगरपालिकाले भगिनी सम्बन्ध विस्तार गर्दै पुनर्निर्माणमा सहकार्य गर्न लागेको हो ।