भीमसेन थापा गाउँपालिका र चुमनुव्री गाउँपालिकाबीच भगिनी सम्बन्ध

काठमाडौँ,११ फागुन । गोरखाको भीमसेन थापा गाउँपालिका र चुमनुव्री गाउँपालिकाबीच भगिनीसम्बन्ध कायम भएको छ । प्राकृतिक सौन्र्दयले भरपूर्ण तथा पर्यटकीय गन्तव्यको राम्रो सम्भावना बोकेको चुमनुव्री गाउँपालिका र नेपालका प्रथम मुख्तियार भीसमेन थापाको जन्मस्थान भीमसेन थापा गाउँपालिकाबीच समन्वय एवं सहकार्य गरी असल अभ्यास र अनुभव आदानप्रदान गर्ने उद्देश्यले दुई पालिकाबीच भगिनीसम्बन्ध स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर भएको […]