बुटवलमा संसद विघटनविरुद्ध मसाल जुलुस

२३ पुस ,बुटवल । प्रतिनिनिधसभा विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताहरुले बुटवलमा मसाल जुलुस निकालेका छन् । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदम भन्दै उनीहरुले बुटवलमा बिहीबार साँझ मसाल जुलुस प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गर्दै उनीहरुले बुटवलको ट्राफिक चोकमा प्रधानमन्त्रीको पुत्ला समेत जलाएका छन् […]

सम्बन्धित सामग्री

सर्वोच्च अदालतको आदेशविरुद्ध त्रिचन्द्र अगाडि अनेरास्ववियूले निकाल्यो मसाल जुलुस

काठमाडौं- नेकपा एमालेका केपी शर्मा ओली समूहनिकट अनेरास्ववियूले त्रिचन्द्र कलेज अगाडि मसाल जुलुस निकालेका छन्। संसद पुनर्स्थापन गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध उनिहरुले प्रदर्शन गरेका हुन्। प्रहरीले केहीबेरमै आगो निभाएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा संसद विघटन गर्ने निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासले उल्टाएर शेरबहादुर देउबालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको […]

धनगढीमा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध मसाल जुलुस

११ जेठ, धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा प्रदर्शन गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल कैलालीले धनगढीमा राँके जुलुससहित प्रधानमन्त्री र राष्ट्रपतिको सेटिङमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रदर्शन गरेको जनाएको छ । तरुण दलका जिल्ला अध्यक्ष दीपेन्द्र बमले संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको […]

पोखरामा संसद विघटनविरुद्ध मसाल जुलुस प्रदर्शन

पोखरा । पोखरामा नेपाल विद्यार्थी संघले संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । राष्ट्रपति भण्डारीले रातारात संसद विघटन गरी चुनाव घोषणा गरेपछि नेविसंघले त्यसका विरुद्ध शनिबार साँझ राँके जुलुस निकालेको हो । मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । नेविसंघले न्यूरोडस्थित पोखरा महानगरपालिका कार्यालय अगाडि क्षेत्रमा निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको हो ।जुलुस निस्केको केहि बेरमै वडा प्रहरी कार्यालय वैदामकी डिएसपी चिनीमाया तामाङको नेतृत्वमा

प्रतिगमन विरुद्ध अर्घाखाँचीको ढाकावाङ्गमा युवक संघको मसाल जुलुस

टेकराज भुसाल\अर्घाखाँची ।। अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको ढाकावाङ्गमा आज फागुन १० गते साँझ मसाल जुलुस निकालिएको छ । अखिल नेपाल युवक सङ्घ अर्घाखाँचीले आयोजना गरेको मसाल जुलुसमा सयौँ युवाहरूले सहभागिता जनाएका थिए । जुलुसमा सङ्घीयताको खारेज गर , संसद पुनर्स्थापना गर, प्रतिगमन मुर्दावाद, असंवैधानिक कदम खारेज गर, एमसिसी खारेज गर, भ्रष्टाचारको अन्त्य गर, बलात्कारीलाई कार्वाही गर, अखिल नेपाल युवक सङ्घ जिन्दवादजस्ता नाराहरू लगाइएको थियो । ढाकावाङ्ग हाटबजारदेखि सुरु भएको मसाल जुलुस पिपलनेटा बजारमा पुगेर कोणसभामा परिणत गरिएको थियो । सो सभामा अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष कुलराज खनालले सम्बोधन गर्दै संसद विघटन बद्नियतपूर्वक गरिएको भन्दै पुनर्स्थापना गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले संविधानको चीरहरण गर्दै गरिएको यो कार्य पूर्णतया असंवैधानिक भएको भन्दै कानुनी राज्यको खिल्ली उडाएकोमा आपत्ति प्रकट गर्दै असंवैधानिक कदम र प्रतिगमनका विरुद्ध सम्पूर्ण युवाहरू एक हुनुपर्ने बताउनुभयो । कार्यक्रम अखिल नेपाल युवक सङ्घका जिल्ला सचिव ठाकुर पन्थीको सञ्चालन सम्पन्न भएको थियो ।

युवक संघले सम्पन्न गर्यो राजधानीमा मसाल जुलुस

प्रकाश थापामगर/काठमाडौँ ।। अखिल नेपाल युवक सङ्घले राजधानी काठमाडौँमा मसाल जुलुस सम्पन्न गरेको छ । प्रतिगमनको विरुद्ध तथा प्रतिनिधि सभा पुनस्र्थापनाको माग राख्दै अखिल नेपाल युवक सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा २०७७ फागुन १० गते सो कार्यक्रम सम्पन्न भएको हो । युवक सङ्घका प्रदर्शनकारीहरूले बागबजारबाट मसाल जुलुस सुरु गरेका थिए । प्रहरीसित भिड्दै रत्नपार्क पुरानो बसपार्कमा आएपछि सो कार्यक्रम कोणसभामा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै युवक सङ्घका केन्द्रीय अध्यक्ष अनिलकिशोर घिमिरेले नेपाली जनताको बलिदानबाट प्राप्त गणतन्त्रमाथि केपी ओली सरकारले हमला बोलेको बताउनुभयो । ‘ठुलो सङ्ख्यामा युवाविद्यार्थी सहभागी जनआन्दोलनको बलमा गणतन्त्र स्थापना भएको हो’ अध्यक्ष घिमिरेले भन्नुभयो– ‘अहिले त्यही जनमतमाथि कुठाराघात भइरहेको छ ।’ उहाँले २०६२–६३ सालको जनान्दोलन र २०७४ सालको तीनै चरणको चुनावमा युवाविद्यार्थीको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्नुभयो । सम्बोधनको क्रममा उहाँले अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘अदालतले २०७२ सालको संविधानको सही व्याख्या गर्नेमा हामी ढुक्क छौँ’ उहाँले भन्नुभयो– ‘यदि अदालतबाट पनि निरासा हात लाग्यो भने सडकबाट जनताले नै संसद पुनस्र्थापना गर्ने छन् ।’ २०५९ सालमा संसद विघटन भएर अदालतले सदर गरे पनि २०६२–६३ सालको जनान्दोलनले संसद ब्यँुताएको प्रसङ्ग उठाउँदै उहाँले अहिलेको मसाल जुलुस साङ्केतिक प्रकृतिको भएको बताउनुभयो । उहाँले थप्नुभयो– ‘संसद पुनस्र्थापना भएन भने युवाविद्यार्थीहरू देशव्यापी आन्दोलनको आँधीबेहरी उठाउन बाध्य हुने छन् ।’ कार्यक्रमको सञ्चालन युवक सङ्घ काठमाडौँका अध्यक्ष डम्मर कार्कीले गर्नुभएको थियो । युवक सङ्घको केन्द्रीय कार्यालयका अनुसार आजै युवक सङ्घले देशैभरि मसाल जुलुस सम्पन्न गरेको छ । आगामी फागुन १५ गते देशव्यापी विरोधसभाको कार्यक्रम रहेको पनि केन्द्रीय कार्यालयले जनाएको छ ।

नेपाल बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस (फोटोफिचर)

माेरङ । आमहड्तालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले माेरङकाे पथरीमा मसाल जुलुस निकालेका छन् । सरकारले संवैधानिका निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै प्रचण्ड माधव पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ ।साझँ ७ बजे निस्कीएकाे जुलुसले पथरी बजार परिक्रमा गर्दै महेन्द्र राजमार्गमा काेण सभा गरेकाे छ । जुलुसमा केपी ‌‍‍ओली मुर्दवाद, संसद विघटन गर्न... The post नेपाल बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस (फोटोफिचर) appeared first on Purbeli News.

प्रचण्ड-माधव समूहद्वारा काठमाडौंमा मसाल जुलुस प्रदर्शन

८ माघ, काठमाडौं । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले काठमाडौंमा बिहीबार साँझ मसाल जुलुस निकालेको छ । प्रचण्ड-माधव समूह निकट युवाहरुले बानेश्वर क्षेत्रमा साँझ मसाल जुलुस निकालेका हुन् । संसद विघटन असंवैधानिक कदम भएको भन्दै उनीहरुले विजुली बजार पुल नजिकबाट मसाल जुलुल निकालेका थिए । सो क्रममा प्रहरीले युवाहरुले हातमा बोकेको मसाल खोसेर निभाउने […]

पोखरामा पनि अखिल (छैठौं) ले बाल्यो मसाल

गणेश अधिकारी, पोखरा । अखिल (छैठौं) केन्द्रीय समितिको पूर्व निर्धारित कार्यक्रम अनुसार आज कास्कीमा पनि मसाल जुलुस प्रदर्शन गरिएको छ । देशभर मसाल जुलुस प्रदर्शनको कार्यक्रम अन्तर्गत लेखनाथको ताल्चोकमा मसाल जुलुससहित विरोध सभा सम्पन्न भएको छ । केपी ओलीकोे नेतृत्वको सरकारले अप्रजातान्त्रिक, असंवैधानिक, निरंकुश र प्रतिगामी उदेश्यसहित संसद विघटन गर्ने कदमको भत्र्सना गर्दै विद्यार्थीहरु हातमा मसाल बोकेर सडकमा निस्किएका थिए । कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी तथा राष्ट्रिय जनमोर्चा कास्कीका जिल्ला सचिव आकाश गौतम, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य विक्रम थापा, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रीय सदस्य नामबहादुर बाठा मगरले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन अखिल (छैठौं) केन्द्रीय सदस्य प्रताप पौडेलले गर्नु भएको थियो ।

कैलालीको धनगढी र अत्तरियामा अखिल (छेठौं) को मसाल जुलुस

धनगढी । अखिल (छैठौं) कैलाली ले आज संसद विघटन को विरुद्धमा धनगढी र अत्तरियामा मसाल जुलुस सम्पन्न गरेको छ। धनगढीमा पार्कगेटबाट निस्केको मसाल जुलुस प्रहरी हस्तक्षेपका बाबजुद पार्कमोड, एलएन चोक हुँदै कैलाली पुलसम्म पुगी पुनः फर्केर एलएन चोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई अखिल (छैठौं) का सचिवालय सदस्य उमेश कँडेल, जिल्लाध्यक्ष जनक आचार्य, पूर्व केन्द्रीय उपाध्यक्ष लक्षिराम आचार्यले सम्बबोधन गर्नुभएको थियो । त्यसैगरी अत्तरियाको कोणसभालाई अखिल (छैठौं) का केन्द्रीय सदस्य हेमराज भट्ट र प्रदेश सहसचिव टङ्क अवस्थीले सम्बोधन गर्नुभएको थियो ।

अर्घाखाँचीमा अखिल (छैठौंं) द्वारा मसाल जुलुस प्रदर्शन

सन्धिखर्क । अखिल (छैठौं) ले संसद विघटनको विरोधमा भूमिकास्थानको ढाकावाङमा मसाल जुलुस प्रदर्शन गरेको छ । शुक्रबार साँझ ढाकावाङ पिपलनेटा बजारमा उनीहरूले मसाल जुलुश प्रदर्शन गरेका हुन् । मसाल जुलुसमा सहभागीहरूले असंवैधानिक कदम खारेज गर, विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर, सङ्घीयता खारेज गर, अखिल (छैठौं) जिन्दवाद, राष्ट्रिय जनमोर्चा जिन्दवाद, भारतीय तथा अमेरिकी साम्राज्यवाद मुर्दावादलगायतका नारा लगाएका थिए । मसाल जुलुसपछिको विरोधसभालाई सम्वोधन गर्दै अखिल (छैठौं) का नेता टेकराज भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक पद्धति विपरीत असंवैधानिक तरिकाले संसद विघटन गरेर गणतन्त्र विरोधी शक्तिलाई फाइदा पुर्याउने काम गरेको बताउनुभयो । नेता भुसालले वैदेशिक चलखेलले राष्ट्रियतासमेत खतरामा परेकाले सबै राष्ट्रवादी शक्ति आन्दोलित हुनुपर्ने बताउदै असंवैधानिक तरिकाले संसद विघटन गर्नु नेपाली जनताका लागि दुखदायी भएको भन्दै असंवैधानिक कदमलाई पराजित गर्न सबै देशभक्त नेपाली एक हुनुपर्ने बताउनु भयो ।