हेटौंडा : बागमती प्रदेशको सभामुख पदका लागि नेपाल मजदुर किसान पार्टीकी सृजना सायजुले उम्मेदवारी दिएकी छिन्।बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर सायजुले सभामुख पदमा उम्मेदवारी दिएकी हुन्। उनलाई नेमकिपाका सांसद सुरेन्द्रराज गोर्साइले प्रस्ताव र गीता काफ्लेको समर्थन गरेका छन्।उनले नेपालको संविधानको धारा १८२ एवम् प्रदेशसभा नियमावली पहिलो संशोधन २०७४ को नियम ७ को उपनियम २ बमोजिम मनोनयन दर्ता गरेकी हुन्। उनी भक्तपुरबाट नेपाकिपाको समानुपातिक कोटाबाट सांसद चुनिएकी हुन्।यता, सत्ता गठबन्धनले राप