काठमाण्डौ – सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन गठन भएको कार्यदलले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउँदैछ । साझा कार्यक्रमलाई हिजो अन्तिम रुप दिएपछि कार्यदलले आज प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउन लागेको हो ।
साझा कार्यक्रमको टुंगो लागेपछि मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धन दलहरुको तयारी छ । सरकारले गर्ने काम र सरकारको प्राथमिकता निर्धारण गरिएको न्यूनतम साझा कार्यक्रमअनुसार सरकार सञ्चालन गर्ने पाँच दल आवद्ध गठवन्धनको तयारी छ । त्यसैअनुसार सरकारको योजना, गर्ने काम र सरकारको प्राथमिकता समेटेर साझा कार्यक्रम...