काठमाडौँ : निर्वाचनअगाडि राजनीतिक दलहरूले स्वदेशमै रोजगारी सिर्जना गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरे। महत्त्वाकांक्षी योजना सुनाएको राजनीतिक दल तथा सरकारले स्वदेशमा रोजगारी सिर्जना गर्न नसक्दा लाखौँ नेपाली रोजी रोटीका लागि विदेशिन बाध्य भएका छन्। भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन र गत वैशाखमा सम्पन्न भएको स्थानीय निर्वाचनमा उम्मेदवारले स्वदेशमा रोजगारी सिर्जना गर्ने विषयलाई प्रमुख रूपमा उठाए तर निर्वाचनपछि उक्त विषयले प्राथमिकता पाए