युवालाई स्वदेशमै रोजगारी र सीपमुलक शिक्षा दिनुपर्छः राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ संख्यामा विदेशिरहेका नेपालीहरूलाई रोक्न स्वदेशमै रोजगारी र सीपमुलक शिक्षा दिनुपर्ने बताएका छन्। मंगलबार सरस्वती बहुमुखी क्याम्पसको ६५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कुनै पनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकताअनुरूप निर्धारण हुनुपर्ने बताए। राष्ट्रपति पाैडेलले भने, […]

सम्बन्धित सामग्री

रोजगार मेलाको तयारीमा सरकार

गण्डकी प्रदेश सरकारले दक्ष युवालाई लक्षित गरी रोजगार मेलाको तयारी गरेको छ । शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले सो मेलाको आयोजना गर्न लागेको हो । सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले दक्ष, योग्य र शिक्षित युवालाई स्वदेशमै रोजगारी दिने योजनाअनुरूप मेला आयोजना गर्न लागेको बताउनुभयो । “यो त सुरुवात मात्रै हो, प्रदेश सरकारले श्रम नीति ल्याएको छ । सोही नीतिलाई टेकेर असङ्गठित मजदुरलाई सङ्गठित गर्ने, राज्यको दायरामा ल्याउने र उनीहरूको सीप तथा समस्याको पहिचान गरी काम मिलाउने योजना छ,” उहाँले भन्नुभयो ।