काठमाडौं, १२ चैत्र । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नेगरि रणनीति बनाउन लागिएको स्पष्ट पारेकी छिन् । आज (सोमवार) सिंहदरबारमा सांसदहरूसँगको अन्तरक्रिया बोल्दै मन्त्री साहले यस्तो बताएकी हुन् । उनले कृषि क्षेत्रको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे सुझाव दिन पनि सांसदहरुसमक्ष आग्रह गरेकी छिन् । मन्त्री साहले सिँचाइका […]