गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै परेको पुनरावलोकन निवेदक संयुक्त इजलासमा पेशी चढेको छ ।
सोमवार न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा निवेदनको सुनुवाइ हुँदैछ ।
पार्टीले कारवाही गरेपछि प्रदेश सभाबाट पदमुक्त भएका थापालाई पुनर्बहाली गर्ने अन्तरिम आदेश सर्वाेच्च अदालतले जारी गरेको थियो ।
अन्तरिम आदेशविरुद्ध राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय र प्रदेशसभा सचिवालयले सर्वाेच्च अदालतमा पुनरावलोकन निवे...