मकवानपुरको ७१ वडामा मतगणना सकियो, कांग्रेस ३२ वडा विजयी

हेटौँडा : मंगलबार दिउँसोसम्म मकवानपुरको ७१ वटा वडाको मतगणना सम्पन्न भएको छ।जिल्लाका १०२ वडा मध्ये ७१ वडाको मतगणना सम्पन्न भएको हो। जसमा सबैभन्दा बढी वडामा नेपाली कांग्रेसले जित हाँसिल गरेको छ। कांग्रेसले ३२ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २३ र एमालेले १६ वटा वडामा जीत हात पारेको छ।नेपाली कांग्रेसले जितेका वडाहरू१) इन्द्रसरोवर–१ मा सुवास थापा (कांग्रेस)२) इन्द्रसरोवर–२ मा सुमन श्रेष्ठ (कांग्रेस)३) ईन्द्रसरोवर–५ दुधराज तितुङ (कांग्रेस)४) भीमफेदी–१ मा सोम बहा

सम्बन्धित सामग्री

वीरगञ्जका ५ वडामा कांग्रेस प्यानलसहित विजयी

वीरगञ्ज – पछिल्लो समय सार्वजनिक भएको मत परिणाम अनुसार वीरगञ्ज महानगरपालिकाको पाँच वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ। महानगरको वडा नम्बर ४, ७, २७ र २८ कांग्रेसका उम्मेदवारहरु वडाध्यक्षमा निर्वाचित भएका छन्। वडा नम्बर २ को वडाध्यक्षमा रेयाज मियाँ तेली १ हजार १२१ मतका साथ वडाध्यक्षमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका शेष […]

नवलपरासीमा वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार बढी विजयी

नवलपरासी । पश्चिम नवलपरासीमा वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार बढी विजयी भएका छन् । अहिलेसम्म सार्वजनिक भएको मत परिणाम अनुसार कांग्रेस सबै भन्दा बढी वडामा विजयी भएकाे छ। पश्चिम नवलपरासीमा ७ स्थानीय तहमा ७४ वडा रहेका छन् । आज (मंगलबार) बिहानसम्म ४० वडाको मत परिणाम सार्वजनिक भएकाे छ । सार्वजनिक मत परिणाममा १७ वडामा नेपाली कांग्रेस […]

स्याङ्जाका दुई पालिकामा कांग्रेस, दुईमा एमाले विजयी

स्याङ्जाको दुई पालिकामा नेपाली कांग्रेस र दुई पालिकामा नेकपा (एमाले) विजयी भएको छ । एघार पालिका रहेको स्याङ्जाका भिरकोट र गल्याङ नगरपालिकामा कांग्रेस र कालीगण्डकी र हरिनास गाउँपालिकामा एमाले विजयी भएको हो ।स्याङ्जाको भिरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नौ वडा रहेको भिरकोटमा कांग्रेसले वडा नं ६ को वडाध्यक्ष एकजनाबाहेक अरू सबै प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, सदस्यहरूमा विजयी भएको छ ।प्रमुखमा कांग्रेसका गोविन्दकुमार कर्माचार्यले एमालेका विश्वनाथ अर्याललाई ८३५ मतान्

सल्यानको त्रिवेणीमा कांग्रेस विजयी

सल्यान : त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ।कांग्रेसका खिमबहादुर रावत अध्यक्षमा निर्वाचित भएका छन्। उनले तीन हजार ३६९ मत ल्याएर प्राप्त गरे। उनका प्रतिस्पर्धी पाँचदलीय गठबन्धनबाट एकीकृत समाजवादीका डिल्ली केसीले दुई हजार ९७ मत ल्याए। उपाध्यक्षमा कांग्रेसकी सीता खड्का पुन तीन हजार १८६ मत ल्याएर विजयी भएकी हुन। निकटतम प्रतिद्वन्द्वी पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रका राजेन्द्रबहादुर थापाले २ हजार ३५ मत ल्याए। ६ वडा रहेको त्रिवेणीमा वडा

सर्लाहीको चन्द्रनगर १ मा कांग्रेस विजयी

पालिकामा पनि कांग्रेस नै अगाडि सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं १ मा  कांग्रेसका उमेद्वार विजयी भएका छन् । कांग्रेसबाट वडाध्यक्ष पदको उमेद्वारी दिएका रामेश्वर प्रसाद महतो विजयी भएका हुन् । महतोले...

भक्तपुरमा कांग्रेस र नेमकिपाले दुई दुई वडा जिते

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत हालसम्म भएको मतगणनामा भक्तपुर जिल्लामा नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले दुई दुई वटा वडा जितेका छन् । मध्यपुरथिमि नगरपालिकाको वडा नं. १ र २ को वडाध्यक्षमा नेपाली कांग्रेस तथा भक्तपुर नगरपालिकाको वडा नं. १ र ३ को वडाध्यक्षमा नेमकिपा विजयी भएका छन् । अन्तिम […]

जितपुर–सिमरा उपमहानगरपालिका–२४ को वडाध्यक्षमा कांग्रेस विजयी

वैशाख – बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर २४ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। वडा नम्बर २४ मा कांग्रेसका उम्मेदवार सुल्तान अन्सारी वडाध्यक्षमा विजयी भएका हुन्। उनी ७०१ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार कलामुद्दिन मियाँ अन्सारीले ५८७ मत ल्याएका छन्। ०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा […]

पर्साको छिपहमाई गाउँपालिका–१ मा कांग्रेस विजयी

वीरगञ्ज – पर्साको छिपहमाई गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। वडा नम्बर १ मा कांग्रेसका उम्मेदवार कामेश्वरप्रसाद यादव विजयी भएका हुन्। उनले ७२९ मत प्राप्त गरे। उनका निकटम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका रामपुकार यादवले ६ सय ४२ मत ल्याएका थिए।

दाङमा कांग्रेसको विजयी सुरुवात

दाङमा नेपाली कांग्रेससले विजयी सुरुवात गरेको छ। जिल्लाको दङ्गिशरण गाउँपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा कांग्रेस विजयी भएको हो।...

अछामका दुई वडामा कांग्रेस र माओवादी विजयी

अछाम– अछाम जिल्लामा वडा तहको मतपरिणाम आउन सुरु भएको छ। अहिलेसम्म एउटा वडामा नेकपा माओवादी केन्द्र र अर्कोमा कांग्रेस विजयी भएको छ। जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर १ मलातीकोटमा माओवादीका चक्र साउँदको प्यानल विजयी भएको छ भने कमलबजार नगरपालिका वडा नम्बर १० मा कांग्रेसका भिमबहादुर बिष्ट विजयी भएका छन्। साउँदले ५ सय १९ मत पाएका […]