भक्तपुरमा कांग्रेस र नेमकिपाले दुई दुई वडा जिते

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत हालसम्म भएको मतगणनामा भक्तपुर जिल्लामा नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले दुई दुई वटा वडा जितेका छन् । मध्यपुरथिमि नगरपालिकाको वडा नं. १ र २ को वडाध्यक्षमा नेपाली कांग्रेस तथा भक्तपुर नगरपालिकाको वडा नं. १ र ३ को वडाध्यक्षमा नेमकिपा विजयी भएका छन् । अन्तिम […]

सम्बन्धित सामग्री

प्रजातन्त्र सुदृढका लागि कांग्रेसलाई बलियो बनाउन आवश्यक : देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा प्रजातन्त्रलाई बलियो बनाउनका लागि कांग्रेसलाई बलियो बनाउदै लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् । शनिबार भक्तपुरमा कांग्रेस भक्तपुरको जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले कांग्रेस बलियो र सक्षमका साथै जनस्तरबाटै अघि बढ्न सके प्रजातन्त्र सुदृढ भएर जाने बताएका हुन् । उनले पार्टीलाई बलियो बनाउनका लागि संगठनलाई बलियो बनाउँदै गाउ-गाउ […]

भक्तपुर कांग्रेसका दर्जनौं युवा एमालेमा प्रवेश

भक्तपुर, २७ असोज । मंसिर ४ गते हुने संघीय तथा प्रदेश निर्वाचनको संघारमा सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नेको लर्को लागेको छ । यसै क्रममा आज भक्तपुरमा कांग्रेस परित्याग गरी दर्जनौं युवाहरु एमालेमा प्रवेश गरेका छन् । कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ भक्तपुर जिल्ला क्षेत्र नं. १ का सभापति […]

भक्तपुरमा कांग्रेस र एमालेले टुंग्याए उम्मेदवार

भक्तपुर । नेपाली कांग्रेस र नेकपा एमालेले भक्तपुरका चार नगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवारको टुंग्याएका छन् । कांग्रेसले भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल, चाँगुनारायणमा जीवन खत्री र भक्तपुर नगरपालिकामा रामप्रसाद कासुलालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । यसैगरी कांग्रेसले चाँगुनारायण नगरपालिकाको उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । […]

भक्तपुरमा कांग्रेस जिल्ला सभापतिको लागि दुर्लभ थापा र अष्टकुमार कवे भिड्ने

भक्तपुर – नेपाली कांग्रेस भक्तपुरको जिल्ला सभापतिको लागि दुर्लभ थापा र अष्टकुमार कवे भिड्ने भएका छन्। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिको लागि आइतबार थापा र कवेले प्यानलसहित छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन्। यी दुई अघिल्लो जिल्ला अधिवेशनमा पनि आमनेसामने भएका थिए। जुन बेला थापाले कवेलाई पछारेका थिए। यसपालि कवे थापालाई पछार्ने दाउमा रहेका छन्। यी […]

भक्तपुरमा कांग्रेस प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशनको मिश्रित नतिजा

भक्तपुर – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भक्तपुरमा भएको प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशनमा मिश्रित नतिजा आएको छ। भक्तपुरका ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा दुईदुई स्थानमा संस्थापन र संस्थापनइतर पक्षले प्यानलै जितेको हो। पार्टी सभापति शेरबहादुर देउवाको संस्थापन पक्षले भक्तपुर क्षेत्र नं १ (क) र क्षेत्र नं २ (क) मा जित्दा संस्थापनइतरले क्षेत्र नं १ (ख) र […]

महाधिवेशन निर्धारित समयमा नभए पार्टीको दर्ता खारेजी हुने खतरा : पौडेल

पुष्कर बुढाथोकी, भक्तपुर । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिबेशन निर्धारीत समयमा नभए पार्टीको दर्ता खारेजी हुने खतरा रहेको बताउनुभएको छ । आज भक्तपुरमा कांग्रेस नेता गुरुराज घिमिरेको कवितासंग्रह ‘मृत्युसँगको साक्षात्कार’ विमोचन कार्यक्रममा बोल्दै नेता पौडेलले भदौ १६ देखि १९ गतेका लागि तय भएको १४ औं महाधिवेशनको मिति सार्न नहुने बताउनुभयो । अहिले […]

भक्तपुरमा कांग्रेस महाधिवेशनको सरगर्मी शुरू

भक्तपुर : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तिथि नजिकिएसँगै भक्तपुरमा पनि यसको सरगर्मी शुरू भएको छ।जिल्ला, क्षेत्र र नगर सभापतिमा आकांक्षीहरूले टोल-टोल र वडा-वडामा क्रियाशील सदस्यहरूसँग भेटघाट, भेला र कोठे बैठकलाई तीव्रता दिएका छन्‌। स्थानीय चोकचोक र चिया गफमा समेत कांग्रेस अधिवेशनबारे चर्चा-परिचर्चा हुन थालेको छ।पार्टीको १३ औं अधिवेशन दौरान जिल्ला सभापतिको पहिलो चरणको निर्वाचनमा दुर्लभ थापा, अष्टकुमार कवे, राजाराम खड्का र गणेशमान चक्रधरले प्रतिष्पर्धा गरेका थिए। कवे र खड्का कोइराला&ndash

भक्तपुरमा कांग्रेस उम्मेदवार खत्रीलार्इ लक्षित गरी बम विस्फोट

भक्तपुर निर्वाचन क्षेत्र १ को प्रदेश (क) का कांग्रेस उम्मेदवार जीवन खत्रीको घरलाई लक्षित गरी शनिबार साँझ बम विस्फोट गराइएको

भक्तपुरमा कांग्रेस र वाम गठबन्धनका यी हुन् बागी उम्मेदवार

भक्तपुरको प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र वाम गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार खडा भएका छन्। आसन्न दोस्रोचरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि हिजो बिहिबार उम्मेदवार मनोनयन दर्ता गर्ने क्रममा बागी उम्मेदवार दुवै दलका आधिकारिक उम्मेदवार विरुद्ध अर्का उम्मेदवार खडा भएका हुन्। भक्तपुरको निर्वाचन क्षेत्र नं १ को प्रदेश नं १ (क) चाँगुनारायणमा…