पुसको अन्तिम सातादेखि काठमाडौँ उपत्यकामा उकालो लागेको कोरोना ग्राफ, माघमा अझै बढ्ने संकेत

काठमाडौँ: कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमोक्रन’ फैलिएसँगै काठमाडौँ उपत्यका फेरि भाइरसको ‘हटस्पट’ बन्दै गएको छ। निकै संक्रामक मानिएको ‘ओमोक्रन’ फैलिनबाट रोक्न प्रशासनले २५ जनाभन्दा बढी भेला हुन रोक लगाए पनि उपत्यकामा भीड कम भएको छैन। जसकारण पुसको अन्तिम सातामा उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढ्यो। संक्रमणदर दिनहुँ बढ्दै जाँदा माघमा संक्रमणको…

सम्बन्धित सामग्री

अर्धप्रशोधित तेलको मूल्य घट्यो : ‘अब भारत निकासी असम्भव’

वीरगञ्ज । अन्तरराष्ट्रिय बजारमा खानेतेलको कच्चा पदार्थको भाउ निरन्तर उकालो लाग्दा भारत निकासी गरिरहेका स्वदेशी तेल उत्पादक अब निर्यात गर्न नसक्ने अवस्थामा पुगेका छन् । निर्यात व्यापारमा मुख्य योगदान दिँदै आएको प्रशोधित तेल निर्यात नभएपछि नेपालको निर्यात व्यापार घट्ने देखिएको छ ।  अहिलेसम्म अन्तरराष्ट्रिय बजारमा मूल्य बढिरहेको र यहाँ उद्योग गोदाममा मौज्दात रहेको तेल निकासी गर्न सकिएकोमा अब यो सहुलियत उपलब्ध नरहेको वीरगञ्जको नारायणी आयलका सञ्चालक निखिल चाचान बताउँछन् । अर्धप्रशोधित तेलको भाउ घट्न थालेकाले अब भारततर्फको निकासी असम्भव बनिसकेको चाचानले बताए ।  अन्तरराष्ट्रिय बजारबाट नेपालमा कच्चा पदार्थ भित्र्याउन ३ महीनासम्म लाग्ने र यसबीचमा पुन: मूल्य बढ्ने भएपछि यसबाट बजार मूल्यमा हुने अन्तर उपयोग गरेर स्वदेशी उद्योगले निर्यात गरिरहेका थिए । अहिले रूस र युक्रेन आपसी तनावमा अल्झिएको र मुख्य पाम उत्पादक इन्डोनेशियाले करीब १ महीनादेखि निर्यात रोकेपछि स्वदेशी उद्योगको कच्चा पदार्थको मौज्दात रित्तिएको उद्यमीहरूले बताए ।  इन्डोनेशियाले सोमवारदेखि निर्यात खुलाउने निर्णय लिएको छ । यसबाट कच्चा पदार्थको आयात केही सहज भए पनि भारत निकासी गर्न नसकिने ओसीबी फूडका सञ्चालक सुरेश रुंगटा बताउँछन् ।  ‘भारतमा सबै खालको खानेतेलको आयातमा साढे ५ प्रतिशत सीमा शुल्क र ७ प्रतिशत वस्तु तथा सेवा कर लाग्छ । हामीकहाँ सरकारले १० प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धिकर लिन्छ,’ रुंगटाले भने, ‘भारतको कोलकातादेखि वीरगञ्जसम्म ढुवानी खर्च नै प्रतिकिलो ८ रुपैयाँ पर्छ । यस्तोमा अब तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याएर भारततर्फ प्रशोधित तेल निकासी गर्न सम्भव छैन ।’ अब मूल्य अन्तरको लाभ लिएर भइरहेको निकासी सम्भव नदेखिएको उद्योगी चाचानले बताए । अहिले पुरानो मौज्दातबाट नाममात्रको निकासी भइरहेको उनले आर्थिक अभियानलाई बताए । यसअघि स्वदेशी उत्पादकले इन्डोनेशिया, मलेशिया, युक्रेन, रूस, अस्ट्रेलियालगायत देशबाट अर्धप्रशोधित तेल ल्याएर प्रशोधन गरी भारत निकासी गर्दै आएका थिए । भारतले आफ्ना तेल उत्पादक र किसानको संरक्षणका लागि तेल आयातमा ४० प्रतिशतसम्म सीमा शुल्क लिँदा नेपालबाट ठूलो परिमाणमा तेल निकासी हुने गरेको थियो ।  नेपालमा ल्याएको अर्धप्रशोधित तेल स्थानीय उद्योगमा प्रशोधन गरी शून्य भन्सार दरको सहुलियतमा भारततर्फ निर्यात हुँदै आएको थियो । केही समयअघि बजार मूल्य नियन्त्रणका लागि भारतले तेल आयातमा सीमा शुल्क साढे ५ प्रतिशतमा झारेपछि भारततर्फको निकासी नहुने चिन्तामा डुबेका उद्यमीलाई अन्तरराष्ट्रिय मूल्यवृद्धिले राहत दिएको थियो ।  कोरोना महामारी र रूस–युक्रेन तनावले मूल्य बढेर प्रतिमेट्रिक टन १ हजार ७५० अमेरिकी डलरसम्म पुगेको पामको अर्धप्रशोधित तेलको मूल्य अहिले १ हजार ६४० मा झरिसकेको चाचानले बताए । ‘गोदाम र बाटोमा रहेको कच्चा पदार्थको मूल्य घट्न थालेकाले अब निकासीमा मात्र होइन, स्थानीय बजारमा समेत समस्या हुने देखिएको छ,’ एक उद्योगीले भने । ‘केही महीनादेखि निरन्तर बढिरहेको अर्धप्रशोधित तेलको मूल्य अब करेक्सनको बाटोमा गएको छ । पुन: भारत निकासीका लागि कि मूल्य बढ्नुपर्छ, होइन भने भारतले आफ्नो आयात नीति परिवर्तन गरेर सीमा शुल्क बढाएमात्रै सम्भव छ,’ चाचानले भने ।

महँगो भयो भान्सा, दैनिकी कष्टकर बन्दै

फागुन २४, काठमाडौं । पछिल्लो समय महँगी चुलिएको छ । १ महीनाअघि प्रतिलिटर २३० रुपैयाँमा पाइने सूर्यमुखी तेलको भाउ अहिले २ सय ८०/ ९० रुपैयाँसम्म पुगेको छ । भटमासको तेल लिटरमै ३० रुपैयाँ बढेर २६० पुगेको छ । चामलको भाउ पनि बोरामा २०० सम्म बढेको छ । सिजनका केही तरकारी सस्तो भए पनि अरू तरकारी छोइसक्नु छैन ।  ‘३ जनाको परिवारका लागि मासिक एकमुष्ठ ९/१० हजारको सामान किन्दा महीना दुखजिलोले टथ्र्यो । तर, अहिले १२र१३ हजारले पनि छोप लाग्दैन,’ कीर्तिपुर ट्याङ्गला फाँटकी स्थानीय बासिन्दा सृजना दाहालले भनिन् ।  सिजनका केही तरकारीको भाउ ठीकै भए पनि अन्य तरकारी खाइ नसक्नु भएका छन् । तरकारी, आलु, प्याज, फलफूलको खर्चसमेत जोड्दा आफूलाई महीना टार्न साह्रै गाह्रो हुन थालेको दाहालको भनाइ छ । खाद्यवस्तु मात्रै नभएर डाइपरलगायत अखाद्य सामान पनि महँगो बनेपछि श्रीमान्को तलबमा आश्रित दाहाललाई अहिले भातभान्सा चलाउन सकस भएको छ ।  गेडागुडी, दाल, चामल, पिठोलगायत अधिकांश खाद्यवस्तुको भाउ १ महीनाको बीचमै १० देखि २५ प्रतिशतसम्म महँगो भएको बल्खुको होलसेल पसलमा मासिक सामान किन्न आएका चोभारका मदन ढोडारीले बताएका छन् । घरभान्सा श्रीमतीले हेर्ने भए पनि महीनाभरिलाई पुग्ने सामान किन्न भने उनी नै जान्छन् । ‘अघिल्लो महीनाको तुलनामा दाल, चामल, पिठो, चिउरा, तेल सबै खाद्यवस्तु महँगो भएछ,’ उनले भने ।  भान्सा चलाउन भान्साकै सामानमा मात्रै नभएर लत्ता कपडा, दैनिक पाकेट खर्च र घुमफिरलगायत अन्य मासिक खर्च कटौती गर्नुपर्ने अवस्थामा आफू पुगेको पाटनमा एउटा एनजीओमा काम गर्ने ढोडारीले बताए । पेट्रोलको भाउ बढेपछि मोटरसाइकल नै चढ्न नसक्ने भएको अवस्थामा दैनिक उपभोग्य सामानको पनि भाउ बढेपछि अहिले उनलाई काठमाडौंमा कोठाभाडा तिरेर २ सन्तान पढाउन हम्मेहम्मे परेको छ ।  इमाडोलकी लक्ष्मी शर्माको कथा पनि यस्तै छ । महँगी बढेपछि दुई जनाले दुःख गरेर कमाउँदा पनि ७ जनाको परिवार पाल्न शर्मा दम्पतीलाई समस्या भइरहेको छ । ‘बजारमा सबै सामानको भाउ बढेको छ, कोरोना भाइरसको महामारी शुरू भएदेखि नै भातभान्सा टार्न सकस हुन थालेको थियो, फागुन लागेपछि महँगी आकाशिएर छोइ नसक्नु भएको छ,’ शर्माले भनिन् । समग्रमा महँगी २५ प्रतिशतसम्म बढेको अनुभव शर्माको छ ।  कोरोना भाइरसको महामारीका कारण पछिल्लो समय महँगी निरन्तर उकालो लागिरहेको थियो । फागुनको महीनाको शुरूमा दूधको भाउसमेत बढेको थियो । त्यसपछि दुग्धजन्य सबै पदार्थको भाउ बढेको छ ।  रूसले युक्रेनमा आक्रमण गर्नुअघि नै पेट्रोलियम पदार्थको भाउ बढेको आडमा व्यापारीहरूले सामानको भाउ मनलाग्दी बढाइरहँदा यसको असर आम नेपालीको भातभान्सामा पुगेको थियो ।  रूसले युक्रेनमाथि आक्रमण गरेपछि विश्व बजारमा पेट्रोलियम पदार्थको भाउ बढेर सन् २००८ यताकै उच्चस्तरमा उक्लिएको छ । युद्धको प्रभावस्वरूप रूस र युक्रेन मुख्य उत्पादक रहेका खाद्यान्नको भाउ त बढेको छ नै आपूर्ति शृंखलामा आएको अवरोध र ढुवानी लागतमा भएको वृद्धिका कारण समग्रमा सबै खालको उपभोग्य वस्तुको भाउ वृद्धि भएको छ ।  युक्रेनी संकट मत्थर हुने कुनै संकेत नदेखिएको अहिलेको अवस्था विश्व बजारमा कच्चा तेल र गहुँ, भटमास, मकै, सूर्यमुखीका दानालगायत सामानको भाउ आगामी दिनहरूमा झनै बढ्ने देखिएको छ । यसको प्रभाव स्वरूप महँगी झनै बढेर सर्वसाधारणलाई भातभान्सा टार्न थप कठिन हुने देखिन्छ ।

मन्त्री रेणुकुमारी यादवको विरोध र समर्थनमा दिनहुँ प्रदर्शन

बलिदानी दिवसको अवसरमा पुस ५ गते रौतहटमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले दिएको विवादित अभिव्यक्तिको विरोध र समर्थनमा जनकपुरमा नित्य प्रदर्शन हुन थालेको छ । मधेसमा कोरोना संक्रमितको संख्या उकालो लागिरहेका बेला यस्ता जमघटहरूले कोरोना ग्राफ अझ बढ्ने र दुईपक्षीय भिडन्तको अवस्था सिर्जना हुन सक्ने भन्दै समाजका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन् ।

बढ्ने प्रतिस्पर्धा ! कोरोना र महँगी

यतिखेर बजारमा प्रतिस्पर्धा छ उकालो लाग्ने। कोभिड १९ संक्रमितको स‌ंख्या चर्चामा छ यतिखेर। त्यसरी नै चम्किरहेको छ महँगी। भाइरसले ग्राफ उकालो लगाइरहँदा महँगीको ग्राफ उकास्न सरकार आफैँ लागेको छ। मिलेसम्म कर लिने अनि आयल निगम घाटामा देखाउँदै मूल्य बढाउने। अब इन्धनको भाग बढेपछि अरु सस्तिने त कुरै रहेन। महँगीको ग्राफले…

नेपालमा कोरोना संक्रमणदर ९.५ प्रतिशत, आज थपिए ११६७ जना

नेपालमा कोरोना भाइरस संक्रमणदर दिनदिनै उकालो लागिरहेको छ । केही दिनयता संक्रमितको संख्या बढ्ने क्रममा आज एक हजारको आँकडा पार भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या हिजो शनिबारको भन्दा झण्डै २ सय बढी हो । देशभरमा १२ हजार ६३२ …

उकालो लाग्दै कोरोना संक्रमणको ग्राफ !

पछिल्लो एक सातामा देशभर १ हजार ९ सय ८७ जना कोरोना संक्रमित थपिएका छन् । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि पछिल्लो एक सातादेखि संक्रमित हुने दर बढेको पाइएको छ । बुधबार ४ सय ३५ जना संक्रमित भएका थिए भने बिहीबार एकै दिन सो संख्या बढेर ५ सय ४० पुग्यो । संक्रमणको यो दर बढ्ने क्रम जारी छ । १२ हजार ९९ जनामा परीक्षण गर्दा ५ सय ४० जनामा संक्रमण देखिएको छ । ७ हजारको पीसीआर परीक्षणमा ४ सय ७८ जनामा कोभिड– १९ पोजिटिभ देखिएको हो । बिहीबार संक्रमित भएकामध्ये सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर सम...

ब्याजदर १० प्रतिशतमुनि रहेसम्म शेयरबजार बढ्छ

अहिले नेप्से परिसूचक ३१६१.५६ सय बिन्दुमा पुगेको छ । बजार बढ्दो प्रवृत्तिमा छ । १ वर्षअघिसम्म ११/१२ सय को हाराहारीमा रहेको बजारमा दैनिक २५/३० करोड रुपैयाँको कारोबार हुनेमा मंगलवार झन्डै १८ अर्ब रुपैयाँकोकारोबार भयो । कारोबारले २० अर्ब रुपैयाँसम्मको रेकर्ड बनाएको थियो । विगतमा पनि शेयरबजारमा यस्तै बढोत्तरी नभएको होइन । विसं २०५८, २०६२ र २०७२ सालमा शेयरबजार यसरी नै बढेको थियो । जुन बेला बजारमा बुलिस प्रवृत्ति देखिएको छ, त्यो बेला बैंक ब्याज कम रहने गरेको छ । अर्थात्, बैंकले दिने कर्जामा ब्याज कम भएको बेला नै शेयरबजारमा उछाल आएको देखिन्छ । जब बैंकको ब्याजदर १० प्रतिशतबाट ओरालो लाग्यो, त्यसपछि शेयरबजार उचालिन थालेको हो । अन्यत्र लगानीका क्षेत्र र अवसर खुम्चिएको बेला सहज तरीकाले लगानी गर्न सकिने र चाहेको बेलामा सहजै निस्किन सकिने भएकाले शेयरबजार लगानीकर्ताको रोजाइमा पर्नु स्वाभाविकै हो । यसपटक पनि जब बैंकको ब्याजदर १० प्रतिशतबाट ओरालो लाग्यो, त्यसपछि शेयरबजार उचालिन थालेको हो । अन्यत्र लगानीका क्षेत्र र अवसर खुम्चिएको बेला सहज तरीकाले लगानी गर्न सकिने र चाहेको बेलामा सहजै निस्किन सकिने भएकाले शेयरबजार लगानीकर्ताको रोजाइमा पर्नु स्वाभाविकै हो । यसमा अनलाइनमाध्यमबाटै लगानीकर्ता सहभागी हुन सक्छन् । पछिल्लो समय शेयरबजारमा भित्रिएको प्रविधि र प्रक्रियागत सुधारले पनि कारोबार बढाउन मद्दत पुर्‍याएको हो । यसका निम्ति अतिरिक्त पूर्वाधार र खर्चको आवश्यकता नपर्ने भएकाले पनि कारोबार सजिलो छ । लगानीकर्ताले सेकेन्डरी लगानीको विकल्पको रूपमा शेयरबजारलाई उपयोग गरेका छन् । लगानीकर्ताका लागि आफ्नो अतिरिक्त पैसा लगाउने सुरक्षित र सहज ठाउँ शेयरबजार नै बनेको छ । सामान्यतः साउन र भदौ महीनामा अन्य उद्यम व्यापार पनि उतिसारो नचल्ने भएकाले पनि यो बेला शेयरमा आकर्षण बढेको हो । अर्को, हाम्रो ७० लाख जनशक्ति विदेशमा काम गरिरहेको छ । महीनामै अर्बाैं रुपैयाँ विप्रेषण नेपाल भित्रिन्छ । कोरोना कालमा पनि यो रकम अनुमानअनुसार घटेन । यो रकम पनि कुनै न कुनै माध्यमबाट बैंकिङ च्यानलमै आउँछ । यसले बैंकमा तरलता बढाएको छ । बैंकमा तरलता बढ्नु र लगानीका क्षेत्र सीमित हुँदा ब्याजदर पनि खुम्चिन्छ । यसले पनि शेयरबजारलाई बढाएको हो । कोरोना महामारीमा अन्य उद्यम व्यापारमा मन्दी छाएको छ, यो रकम शेयरबजारमा गएको छ । यही बीचमा शेयर कारोबारमा अनलाइन प्रणालीले थपेको सहजता पनि बजार बढ्ने कारण बन्यो । डिम्याट खाताको संख्या ३५ लाख पुगिसकेको छ । ५ लाख जति सक्रिय छन् । अहिले शेयर किनेको तेस्रो दिनमा खातामा आइसक्छ । चौथो दिनमा बेच्न सकिन्छ । यो सुधारले पनि कारोबार बढेको हो । पहिला महीनामा ४ पटक कारोबार हुने लगानीले अहिले १२ पटकसम्म कारोबार गर्न सकिन्छ । यसले पनि स्वाभाविक रूपमा बजारको आकार बढाउन मद्दत मिलेको हो । तर, जसरी कारोबार बढ्यो त्यसको तुलनामा पूर्वाधार बढ्न सकेको छैन । आज पनि ४ दर्जन हाराहारीकै शेयर ब्रोकरबाट काम भइरहेको छ । दैनिक २५ करोड रुपैयाँ कारोबार हुँदाका पूर्वाधारमा दैनिक १०/१२ अर्ब रुपैयाँको कारोबारको व्यवस्थापन सहज रूपमा हुन सक्दैन । बैंकहरूलाई मापदण्ड बनाएर शेयर किनबेचको अनुमति दिइनुपर्छ । यसो भयो भने नयाँ लगानीकर्ता आउँछन् । जसरी शेयरबजारमा लगानीकर्ताको आकर्षण बढेको छ । त्यो अनुपातमा नयाँ शेयर पनि आउन सकेका छैनन् । पुनर्बीमा कम्पनी र निफ्राले आवेदन दिनेजति सबैलाई शेयर दिएयता आवेदकहरू ह्वात्तै बढेका छन् । यी कम्पनीले शेयरबजारमा धेरैको रुचि जगाएका पनि हुन् । तर, त्यसयता शेयर भर्ने धेरै, तर पाउने कम भएका छन् । अब नयाँ लगानीकर्तालाई शेयरबजारमा आकर्षित गरिरहने र टिकाउने हो भने ठूला लगानीका कम्पनी ल्याउनुपर्छ । ३०/३५ लाख कित्ता शेयर जारी गरेर हुँदैन । एउटा कम्पनीले कम्तीमा ५/७ अर्ब शेयर विक्री गर्नुपर्छ, यसो भयो भने शेयरबजारमा आकर्षण कायम रहन्छ । अहिले बैंकहरूले ६/७ प्रतिशत ब्याजमा बोलाइबोलाई पैसा दिइरहेका छन् । विगत डेढ वर्षयता कोभिडका कारण लगानीका क्षेत्र खुम्चिएका छन् । ठूला योजनामा लगानी गएको छैन । हामीकहाँ अन्य क्षेत्रमा लगानीको प्रवृत्ति सुझबुझपूर्ण छैन । उदाहरणका रूपमा नेपालमा खुलेका सिमेन्ट र डन्डी उद्योगलाई लिऊँ, खपतको दोब्बर क्षमतामा उद्योग लागेका छन् । २०७२ सालको भूकम्पअघि जस्तापाता उद्योग बन्द हुने अवस्था आएको थियो । त्यसपछि नयाँ उद्योग थपिए । घ्यू र तेल उद्योगको अवस्था उस्तै छ । कोरोनाका कारण जलविद्युत् योजनाका साना ठूला काम पनि अपेक्षित अघि बढ्न सकेका छैनन् । बैंकहरूले पनि त्यही क्षेत्रमा लगानी गरेका थिए । बैंकहरूले लगानी प्रवृत्ति पनि योजनाको सम्भाव्यतामा नभएर सहज क्षेत्रमा जाने भयो । कोरोनाका कारण यस्ता उद्योगको अवस्था खस्किएको छ । विगतमा ती उद्योगमा लगानी बढी भएकाले तरलता अभाव थियो । कोरोनाले बजार प्रभावित भएपछि अब केही समय यस्ता योजनामा नयाँ लगानी आउने सम्भावना देखिँदैन । यसले बैंकमा लगानीयोग्य रकम बढ्नेछ । यसले ब्याजदर घटाउनै दबाब दिन्छ । जबसम्म बैंकको ब्याज दर १० प्रतिशतबाट उकालो लाग्दैन, तबसम्म शेयरबजार उकालो चढिरहन्छ । बढ्दो बजारमा विकृति पनि बढिरहेका हुन्छन् । यस्तोमा लगानीकर्ताले आफ्नो लगानी कस्ता कम्पनीमा लगाउने भन्नेमा चाहिँ पर्याप्त सतर्कता सुझबुझ भने अपनाउनैपर्छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का क्यापिटल मार्केट समितिका संयोजक अग्रवालसित गरिएको कुराकानीमा आधारित ।

कर्णालीमा बढ्दै कोरोना, घट्दै सावधानी !

कर्णालीमा साउन महिना सुरु भएसँगै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर उकालो लाग्दो छ । असार सुरु भएसँगै संक्रमितको संख्या घट्ने र कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या बढ्ने गरेको थियो ।त्यो समयमा कोरोना रोकथाम तथा नियन्त्रण हुनुमा निषेधाज्ञा पनि मुख्य कारण थियो । स्थानीय प्रशासनहरुले कोरोना संक्रमणमा कमी आएसँगै निषेधाज्ञालाई खुकुलो पार्दै लगेपछि संक्रमण दर फेरि उकालो लाग्न थालेको छ । परिणामस्वरुप प्रदेशमा सक्रिय संक्रमितको संख्या दैनिक बढ्दै गएको छ ।विशेषज्ञहरुका अनुसार संक्रमणको दरमा

सुनको भाउ दैनिक रुपमा ओरालो लागेपछि थप अभाव हुने चिन्ता

असार ४, चितवन । निषेधाज्ञाको शुरुवाती चरणमा सुनको भाउ क्रमश उकालो लागेपनि पछिल्ला दिनहरुमा भने ओरालो लाग्दै गएको छ । अन्तरराष्ट्रिय बजारमा सुनको भाउ घटेसँगै यसको असर नेपालमा पनि परेको हो । हाल सुन आयात ठप्प छ भने निषेधाज्ञा खुकुलो भएपछि माग ह्वात्तै बढ्नेछ ।  निषेधाज्ञाको समयमा व्यवसाय बन्द हुँदा पनि गहनाको अर्डर आएता पनि  व्यवसायीले गहना विक्री गर्न पाएका छैनन् । जसका कारण निषेधाज्ञा खुकुलो हुँदा माग बढी र मूल्य सस्तो हुँदा सुनको चरम संकट हुने देखिएको व्यवसायीले बताएका छन् ।  ‘निषेधाज्ञा खुलेसँगै सुन र गरगहनाको माग  बढ्ने तर आपूर्ती सहज नहुने देखिएकोले उनीहरुमा चिन्ता थपिएको हो । ‘पहिलेदेखिनै सुनको अभाव कायम छ अहिले विदेशबाट सुन आउन पनि ठप्प छ । अब त फेरी दिनदिनै सुनको भाउ घटिरहेको छ । निषेधाज्ञा खुलेपछि सुनको चरम संकट हुने देखिन्छ ।’ जय शन्तोषी सुनचाँदी शोरुमका सञ्चालक रुवीन रामुदामु भन्छन् ।  पछिल्लो साता सुनको भाउ निरन्तर ओरालो हुँदै जाँदा कारोबार बढेपनि फाइदा भने नहुने उनको भनाइ छ । उनका अनुसार यसअघि विदेशबाट आउने व्यक्तिले सुन ल्याउने गरेपनि विश्वभर कोरोना महामारीका कारण हवाईयातायात सहज नहुँदा थप अभाव हुने देखिन्छ । ‘निषेधाज्ञा पछिनै सुनको भाउ उकालो लागेको लागै थियो, उनले भने, ‘अब कोरोना महामारीको प्रभाव घट्दै जाँदा यसको भाउ पनि घटेको छ ।’ सुन आयातमा निजी तथा विदेशी कम्पनीलाई पनि लगानी गर्ने वातावरण भए सुनचाँदी व्यवसायलाई  सहज हुने उनको भनाइ छ । विगत केही वर्षदेखि सुनचाँदी व्यवसाय र उपभोक्तामा गरगहनाको आकर्षण भएपनि पछिल्लो समय मूल्य उत्तारचढावका कारण सुनचाँदी कारोबार पनि स्थिर हुन सकेको छैन । विशेषगरी ग्राहकले सिजन, बिहे, चाडपर्वमा पनि यसको कम प्रयोग गर्न थालेका छन् । ‘सुनको भाउ जति बढ्दै जान्छ गहनाको  विक्री पनि उति घट्न जान्छ । भाउ कम भए विक्री पनि बढ्छ ।’ आधुनिक सुनचाँदी पसलका सञ्चालक विकास बर्मा भन्छन् ।  कोरोना कहरसँगै मानिसको क्रयक्षमतामा ह्रास हुँदै जाँदा गत सालभन्दा पनि झण्डै ५० प्रतिशत कारोबारमा कमी आएको उनले बताए । ‘कारोबारमा कमी पनि छ, आवश्यक परेको बेला सुन अभाव छ । हामी दोहोरो मारमा छौं ।’ उनले भने ।  गत १ वर्षदेखि खस्कदै गएको देशको अर्थतन्त्र र आर्थिक गतिविधि सुस्त भएसँग यसको असर सुन व्यवसायमा पनि परेको हो । सुन विलासी वस्तु र गरगहना खरीदविक्री मानिसको प्राथमिकता नपर्ने गरेका कारण सुनको अभावसँगै व्यवसाय पनि संकटमा पर्दै आएको छ ।  नेपाल सुनचांँदी व्यवसायी संघ, चितवनका वरिष्ठ उपाध्यक्ष यम बहादुर बिक कोरोनाको कहरसँगै सुनको मूल्यमा उत्तारचढाव आउँदा यस व्यवसायले गति लिन नसकेको बताउँछन् । ‘अन्तरराष्ट्रिय बजारमा डलर घट्दा, सुनको भाउ बढ्छ, उनले भने नेपालमा डलर बढ्दा यो सँगै मूल्य बढ्ने भयो ।’ हाल सुनको आयात बन्द भएकोले निषेधाज्ञा खुलेपछि पनि आयात प्रक्रियामा ढिलाई हुन हुनाले आफूहरु चिन्तित भएको उनले बताए । नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारलाई निषेधाज्ञासँगै सुन आयात बन्द गर्ने सिफारीश गरेपछि त्यसयता सुन आयात हुन सकेको छैन । निषेधाज्ञा खुलेपनि कोरोना महामारीका कारण हवाईउडान सहज नहुँने हुँदा व्यवसायी थप मर्कामा पर्ने भएका हुन् ।  निषेधाज्ञा खुकुलो भएपछि मानिसहरुको रोकिएका वैवाहिक तथा शुभकार्य शुरु हुनाले सुनको मागको अनुपात बढ्ने गर्छ । साथै अब नेपालीहरुको चाडपर्व शुरु हुने समय भएकोले पनि सुनको अभाव हुने र कारोबारमा असन्तुलन आउने व्यवसायीले बताएका छन् ।  सुनको अभाव नहुन र यसको सन्तुलन ल्याउनुको साथै व्यवसायलाई गतिदिन बारम्बार छलफल, जुम बैठक भइरहेको बताउँछन् सुनचाँदी व्यवसायी महासंघका तृतिय उपाध्यक्ष विपिन रामुदामु । ‘महासंघकै सिफारीशमा सुन आयात गर्न रोकिएको हो । अब हामी यसको सहजताका लागि सरकारसँग अनुरोध गर्छौं ।’ रामुदामुले भने । हाल अधिकांश बजार ठप्प रहेको र गरगहनाको माग पनि नभएकोले आयात बन्द गर्नुपरेको उनको भनाइ छ ।  शुरुवाती क्षणमा सुनचाँदीको भाउ निरन्तर बढेपनि पछिल्लो साता सुनको भाउ निरन्तर घट्दै जाँदा माग अत्याधिक बढ्न जानेछ । सुनको भाउ सस्तो भएपछि ग्राहकले पनि किन्न खोज्छन् । गहनाको माग बढेपछि हामीले पनि थप खरीद गर्न खोज्छौं उनले भने, आपूर्ती भने जताततै बाट ठप्प भएको छ ।’ दोस्रो लहरको निषेधाज्ञामा प्रतितोला ९० हजारको हाराहारीमा रहेको सुनको भाउ बीचको समयमा प्रतितोला ५ हजारसम्म भाउ बढेको सुन पछिल्लो दिनहरुमा पुनः पहिलेकै अवस्थामा आएको छ । चितवनमा झण्डै ५०० सय हाराहारीमा सुनचाँदी पसल सञ्चालनमा छन् ।

शेयरबजार बढ्ने सामान्य कारणहरू

नेपालमा निषेधाज्ञाको बीचमा पनि शेयरको दोस्रो बजार संकेत गर्ने नेप्से परिसूचक बढिरहेको छ । गतवर्ष लगभग १३०० को हाराहारीमा रहेको नेप्से यो वर्ष अति तीव्र गतिमा बढेको छ । नेप्से ३००० बाट पनि उकालो लागेको छ । कोरोनाले अर्थतन्त्र तलतिर गएको बेलामा बजार बढ्नुलाई आश्चर्यका रूपमा हेरिएको छ । अर्थतन्त्रमा सकारात्मक संकेत देशको अर्थतन्त्र राम्रोसँग बढेको छैन, राम्रो गति लिन पनि सकेको छैन, कोभिडको दोस्रो लहरले जनतालाई आक्रान्त पारेको छ तर देशको अर्थतन्त्रको एक इन्डिकेटरका रूपमा रहेको शेयरबजारमा दिनको १९ अर्ब माथिको कारोबार भइरहेको छ । शेयरबजार बढ्नुको सबैभन्दा महत्त्वपूर्ण र भरपर्दो आधार सम्बद्ध कम्पनीको त्रैमासिक वितरणयोग्य नाफा अत्यधिक बढ्नु, सेन्सेटिभ इन्डेक्सको पीई रेसियो सुधार हुनु, कम्पनी प्रतिशेयर आम्दानी बढ्नुलाई पनि मानिन्छ । देशको अर्थतन्त्र गतवर्ष माइनसमा गएको थियो । यो आवमा बढेर ४२ खर्ब पुग्ने सरकारी अनुमान भए पनि आर्थिक सूचकहरू त्यो गतिमा सकारात्मक छैनन् । वैशाख १६ पछि त बन्दाबन्दीले काम गर्ने कमाउने हातहरू कोठाभित्र लगभग भोकै सुत्नुपर्ने अवस्थामा छ । यो बेलामा अहिले अर्थतन्त्र राम्रो छ, त्यसैले बजारमा उछाल आयो भनी विश्लेषण गर्नु वान्छनीय हुँदैन र छैन पनि । पर्यटनतर्फ होटेल, हवाई यातायात, पर्वतारोहण, पदमार्ग सबै बन्द छ । यातायातका साधन थन्किएका छन् । १५ रुपैयाँको विकास गर्न ८५ रुपैयाँ तलब खाएर कर्मचारीतन्त्र र सुरक्षा निकाय कार्यरत छन् । यस्तो अवस्थामा शेयर वर्तमान अर्थतन्त्रको कारणले बढ्यो भन्ने आधार कतै देखिँदैन । आर्थिक भविष्यभित्रको सम्भावना शेयर बढ्ने अर्को आधार भनेको देशको आर्थिक भविष्य उज्ज्वल हुनु हो । राजनीति यस्तो बेथिति छ । यस्तो बेलामा लगभग ७० अर्ब खर्च लाग्ने अनावश्यक चुनावको बोझ बोकाउन लगाएको छ सरकारले । ऋण खोजेर चुनाव गर्ने देशमा सार्वजनिक क्षेत्रले के लगानी दिन सक्ला र निजीक्षेत्रले पनि कति लगानी गर्ला र भोलिका दिनमा देशको उज्ज्वल आर्थिक विरासत आउँछ भनेर लगानी गरिएको होला भन्ने अनुमान पनि बेकार छ । यो दृष्टिकोणअनुसार लगानीकर्ताहरू भोलिको दिनमा निर्यात र रोजगारी बढ्नेछ, बैंक वित्तीय संस्थाहरूले आधुनिक कार्यशक्ति जस्तै रोबोट आदिबाट आफ्ना कर्मचारीको संख्या व्यापक कटौती गरेर वितरणयोग्य नाफा बढाउनेछन् भन्ने आशामा शेयरमा लगानी बढाएका हुन्छन् । यो अवस्थामा अहिले सतही रूपमा देखिएको छैन । मुद्राको आपूर्ति शेयरबजार बढ्नका लागि अर्को महत्त्वपूर्ण आधारका रूपमा मुद्राको आपूर्ति बढी हुनुलाई मानिन्छ । अमेरिकाको शेयरबजारमा आएको उछाललाई स्वाभाविक मान्न सकिन्छ किनभने यो कोरोना संकटमा अमेरिकाले यति धेरै डलर छाप्यो र कोरोनाको भ्याक्सिन बनाउने कम्पनी र त्यसका वैज्ञानिकहरूलाई पनि जति चाहिन्छ पैसा दिएर काममा लगायो । जनतालाई पनि सक्दो मद्दत गर्‍यो जसले गर्दा बजारमा तरलता पर्याप्त भयो । त्यो पैसा शेयरबजारमा लगानी हुँदा त्यहाँको शेयर सूचक नेस्डेकमा सुधार आयो । त्यो अवस्था नेपालमा छैन । वस्तुबजारमा व्यापक मूल्यस्फीति भयो भनेर दोष लगाउने ठाउँ पनि छैन खानेतेल, गेडागुडीबाहेक अरूको मूल्य बढेर कमोडिटी बजार इन्प्mलेशनका कारण व्यापारी अचाक्ली धनी भए र त्यो रकम शेयरबजारमा अन्धाधुन्ध लगानी भयो भनी अनुमान गर्न पनि न्यायसंगत हुनेछैन । अर्को सम्पत्तिको मूल्य (एसेट प्राइस) घरजग्गाको कारोबार केही मात्रामा बढेको थियो । बन्दाबन्दीले त्यो ठप्प भएपछि त्यो मध्ये केही रकम शेयरमा आयो भनी अनुमान गर्न सकिन्छ । त्यो आधारले पनि ४ अर्ब कारोबार हुने बजारमा १६/१७ अर्ब आउने अवस्था रहँदैन । एनआरएनको लगानी गैरआवासीय नेपालीले नेपालको शेयरबजारमा लगानी गरे त्यस कारणले नेप्से बढ्यो भन्ने अनुमान पनि सत्य हुँदैन । नेपालका एनआरएन बस्ने प्रत्येक देशजस्तै बेलायत, अमेरिका, यूरोपेली संघका देश, अस्ट्रेलिया जापान, यी सबै देशमा शेयर बढेको छ भने उनीहरूले सोही देशमा लगानी गर्छन् । किन नेपालमा आएर लगानी गर्ने ? कम्पनीहरूको ज्यादै राम्रो वित्तीय अवस्था शेयरबजार बढ्नुको सबैभन्दा महत्त्वपूर्ण र भरपर्दो आधार सम्बद्ध कम्पनीको त्रैमासिक वितरणयोग्य नाफा अत्यधिक बढ्नु, सेन्सेटिभ इन्डेक्सको पीई रेसियो सुधार हुनु, कम्पनी प्रतिशेयर आम्दानी बढ्नुलाई पनि मानिन्छ । कोरोना कालमा यसरी कुनै कम्पनीले चामत्कारिक रूपमा वा वस्तुनिष्ठताको कसीमा अति राम्रो व्यापार गरेका छन् भन्ने त्रैमासिक प्रतिवेदन पनि प्रकाशित भएको छैन । यी अनेक तर्क वितर्क हुँदैहुँदै पनि बजार त बढेको छ । अनेक डाइग्नोसिस पछि पनि रोग पत्ता लागेन र बिरामीलाई सकस भइरह्यो भने पनि डाक्टरले आफूलाई केही नजान्ने बनाउन त चाहँदैन । त्यो बेलामा उसले रोगीलाई पेनकिलर दिन्छ । त्यसैगरी बजार बढ्नुमा यी कारण पनि हुन सक्छन् । लगानीको अन्य बाटो नहुनु एउटा सहज तर्क पनि छ भने कोरोनाको कारणले लगानीका अन्य अवसर गुमेकाले मनग्गे तलब पाउने कर्मचारी, शिक्षक, सेना प्रहरीको बचत अहिले शेयरमा आएको छ । त्यसैले बजार निरन्तर बढेको छ । लगानीका अन्य विकल्प शून्यताले गर्दा शेयरबजारमा लागनी बढ्यो भन्ने तर्क आफैमा कमजोर छैन । यो एउटा कारण हुन सक्छ । रूपन्देहीका एक मार्बल व्यापारीले मार्बल आयात गर्न जम्मा पारेको रू. २० लाख शेयरमा लगानी गरेको बताएका थिए । यो एउटा कारणले शेयर बढेको हुन सक्छ । लगानी राजनीतितिरबाट आएको हो कि, यो शंका किन गरिँदै छ भने । देशमा यदि राजनीतिमा गडबड हुन्छ भने अन्य सबै नीतिहरू खलबलिन्छन् । पछिल्ला दिनमा देशको राजनीति अन्योलमा चलेको छ । सम्भवतः राजनीतिक क्षेत्रका व्यक्तिहरू र उनीहरूका आसेपासेले शेयरबजारमा पो गरेका हुन सक्छन् । कुनै व्यक्ति व्यापारी अथवा कारोबारीको नामबाट कमिशन, भ्रष्टाचार, उपहार आदिका रूपमा आएको सबै रकम कुनै एक वा सो भन्दा बढी छिद्रबाट बजारमा छिराइएको हुन सक्छ । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।