पछिल्लो एक सातामा देशभर १ हजार ९ सय ८७ जना कोरोना संक्रमित थपिएका छन् । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि पछिल्लो एक सातादेखि संक्रमित हुने दर बढेको पाइएको छ ।
बुधबार ४ सय ३५ जना संक्रमित भएका थिए भने बिहीबार एकै दिन सो संख्या बढेर ५ सय ४० पुग्यो । संक्रमणको यो दर बढ्ने क्रम जारी छ । १२ हजार ९९ जनामा परीक्षण गर्दा ५ सय ४० जनामा संक्रमण देखिएको छ । ७ हजारको पीसीआर परीक्षणमा ४ सय ७८ जनामा कोभिड– १९ पोजिटिभ देखिएको हो ।
बिहीबार संक्रमित भएकामध्ये सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर सम...