अर्घाखाँचीको स्थानीय तहमा एमालेलाई ‘क्लिन स्विप’ पार्ने भन्दै पाँच दलीय गठबन्धनले नीतिगत घोषणा गरेको छ । तीन गाउँ र तीन नगरसहित ६१ वडामा नै एमाले उम्मेदवारलाई हराउँदै संघ र प्रदेशको चुनावसम्म एक भएर जाने सत्ता साझेदार दलले समझदारी गरेको मंगलबार पत्रकार सम्मेलन गरी बताएका हुन् ।