भद्रपुर : तोकिएको दरबन्दीअनुसार प्राविधिक कर्मचारी नहुँदा सघन शहरी तथा भवन निर्माण आयोजना झापाको कामकाज प्रभावित बनेको छ। शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत झापामा एक आयोजना प्रमुख, दुई जना इन्जिनियर र एक जना सब इन्जिनियर कार्यरत छन्। दरबन्दीअनुसार तीन जना सब–इन्जिनियर र चार जना इन्जिनियर हुनुपर्ने आयोजना झापा प्रमुख राजेन्द्र खतिवडाले जानकारी दिए। झापा, इलाम, पाँचथर र ताप्लेजुङ गरी चार वटा जिल्लामा एक सय बढी योजना सञ्चालनमा छ।&nb