पानी थामिनेबित्तिकै माटाका भाँडा सुकाउन व्यस्त भक्तपुरका कुम्हालेहरु (तस्बिरहरु)

काठमाडौँ– यतिबेला काठमाडौँ उपत्यकाको पुरानो सहर भक्तपुरमा कुम्हालेहरु माटोका भाँडा बनाउन व्यस्त छन्। भक्तपुरको पोटरी स्क्वायरमा कुम्हालेहरु माटोका भाँडा बनाउँछन्। केही दिनदेखि लगातार वर्षा भइरहँदा बनाइएका माटोका भाँडा उनीहरुले सुकाउन पाएका थिएनन्। मंगलबार दिउँसो घाम लागेपछि माटोका भाँडा सुकाइएको थियो। दसैँ–तिहारजस्ता पर्वमा माटोको पाला, खुत्रुके लगायतको माग हुन्छ। तर पछिल्लो समय माटोका भाँडाको प्रयोग माकम […]

सम्बन्धित सामग्री

कुमाललाई माटोका भाँडा बनाउन भ्याइनभ्याइ

धनुषा, २४ कात्तिक । दसैँ पर्व सकेर यतिबेला यहाँका कुमाल समुदाय (माटाका भाडा बनाउने जाति) तिहार र छठपर्वको खर्च जोहो गर्न जुटेका छन् । उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गरिसकेको अवस्थामा माटाका भाँडा बनाउने कुमाल जातिलाई यतिबेला भ्याइनभ्याइ छ । अघिपछिको समयमा फुर्सदिला बनेका कुमाल जाति दीपावली, छठ पर्व आएपछि व्यस्त हुने गरेका छन् । […]

कुम्हाललाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ

दसैं तिहारजस्ता चाडपर्व चलिरहेका बेला बाँकेका कुम्हाल समुदायमा माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । दसैं तिहार र छठजस्ता ठूला चाडपर्वमा माटाको भाँडाको माग अत्यधिक हुनेगरेकाले कुम्हाल समुदायमा भाँडा बनाउनेहरु माटाको भाँडा बनाउन व्यस्त भएका हुन् । यतिबेला यस समुदायका अधिकांश मानिसहरू कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त छन् ।

तिहारको तयारी (तस्बिरहरू)

काठमाडौं । तिहार नजिकिएसँगै अहिले भक्तपुरका कुमालहरू तिहारको लागि माटाका भाँडा बनाउन व्यस्त छन् । दसैँ सकिएसँगै उनीहरु तिहारमा प्रयोग हुने माटोको पालाहरु बनाउन व्यस्त भएका हुन् । माटोको पाला र भाँडा बाह्रै महिना बिक्रि हुने भए पनि तिहारको समयमा भने बढी प्रयोगमा आउने भएकोले यो समय काम धेरै हुने गर्दछ...

पाला बनाउन कुमाले व्यस्त

तिहार लागेसँगै भक्तपुरमा माटोका पाला बनाउन कुमालेहरु व्यस्त भएका छन् । .दीपावलीको समय आएपछि भक्तपुर नगर तथा मध्यपुर थिमिका प्रजापति समुदाय तथा माटाका भाँडा बनाउने क्षेत्रका बासिन्दा काममा व्यस्त भएका हुन । उनीहरु मागअनुसार पाला बनाउन भने नसकेको बताउँछन् । अन्य समयमा दैनिक दुई दर्जन पनि बिक्री नहुने पाला तिहारको समयमा एकै कुमालेले एक लाख […]

सुनसरीका कुम्भकार समुदाय माटोका भाँडा बनाउन व्यस्त

एकबिहानै भएपछि सुनसरी सदरमुकाम इनरुवा– २ स्थित बिहीबारे हाटमा रहेका कुम्भकार समुदायका मानिस कोई माटो मुछन् त कोई भाँडा बनाउने काममा व्यस्त भएका हुन्छन् ।उनीहरूको सबैको उद्देश्य एउटै छ चाडपर्वका बेला सबैलाई माटाका भाँडा सहज रुपमा प¥ुयाउने । हिन्दूहरूको महानपर्व तिहार तथा छठ आउन केही दिन मात्र बाँकी छँदा सुनसरी सदरमुकाम इनरुवाका मात्र नभइ जिल्लाका […]

माटाका भाँडा बनाउन भ्याइनभ्याइ [तस्बिरहरू]

कपिलवस्तुको महाराजगन्ज नगरपालिका-१० हरदौनाका रामसोहान कोहार चार्डपर्व आउनसाथ डेढ/दुई महिना माटोको कला सृजनामै व्यस्त हुन्छन् । राम्रो भाँडाकुँडा बनाउँछन् । उनले माटोको बत्ती बाल्न प्रयोग गरिने दियो, खुत्रुके, चुल्हे, गमला, हाँडी, गिलास र गाग्री बनाउन जानेका छन् ।

सुनसरीका कुम्भकार समुदाय माटाका भाँडा बनाउन व्यस्त

बिहानै भएपछि सुनसरी सदरमुकाम इनरुवा–२ स्थित बिहीबारे हाटमा रहेका कुम्भकार समुदायका मानिस कोही माटो मुछ्छन् त कोही भाँडा बनाउने काममा व्यस्त भएका हुन्छन् । उनीहरूको सबैको उद्देश्य एउटै छ चाडपर्वका बेला सबैलाई माटाका भाँडा सहज रूपमा पुर्‍याउने ।       हिन्दूहरूको महान पर्व तिहार तथा छठ आउन केही दिन मात्र बाँकी छँदा सुनसरी सदरमुकाम इनरुवाका मात्र नभई जिल्लाका विभिन्न स्थानमा रहेका कुम्भकार अर्थात पण्डित समुदायका मानिस अहिले माटाबाट निर्माण हुने भाँडा बनाउने काममा व्यस्त भएका छन् । ...

माटोको दियो बनाउन कुमाल समुदायलाई भ्याइनभ्याइ

जनकपुरधाम : उज्यालोको पर्व रुपैयाँ चिनिने तिहार नजिकिएसँगै माटाका भाँडाकुडा बनाउने कुमाल समुदायलाई यतिबेला माटोको दियो बनाउन भ्याइनभ्याइ छ। अन्य समयमा फुर्सदिलो भए पनि तिहार आएपछि उनीहरूको व्यस्तता बढ्ने गर्दछ।झिलीमिली बत्ती बालेर धुमधामका साथ मनाइने तिहारमा अन्य समयभन्दा बढी माटाका दियो‚ धुपोउरोलगायतका समाग्रीहरुको माग हुने गरेको छ।क्षीरेश्वरनाथ -४ हरैयाका कुमालेहरु यति बेला माटाका दियो बनाउन व्यस्त छन्। उनीहरुले बनाएका माटाका भाँडा सखुवा बजार, महेन्द्रनगर, ढल्केवर, जनकपुरधामका साथै महोत्

गुणस्तरीय दुध नहुँदा जुजु धौँ बनाउन समस्या, दशैँमा माग दोब्बर

भक्तपुर– छरिएका भुस । त्यसमाथि राखिएका भेट अर्थात् दही जमाउने माटाका भाँडा । त्यही भाँडामा दही जमाउँदै छिन् लक्ष्मी सैँजु । लामो समयदेखि दही बनाउँदै आएकी सैँजुको दैनिकी सोही काममा व्यतित हुन्छ । हरेक दिन बिहान ६ बजेदेखि नै दही बनाउन सुरु गर्ने उनी साँझसम्म पनि त्यसैमा व्यस्त हुन्छिन् । ‘हामी अर्डर अनुसार दही बनाउछौं […]

लोभ लाग्दा माटाका भाँडा (फोटो फिचर)

केही दिनदेखी लगातार परेको वर्षाका कारण माटोको भाँडा बनाउने कुमालेले भाँडा सुकाउन पाएका छैनन् । मेसिनमा माटोलाई कुँदेर भाँडाको आकार दिइसकेपछि केही समय घाममा सुकाएर भट्टी पोल्नुपर्ने भए पनि झरीका कारण दाउराको जोहो गर्न नपाउँदा भाँडाले मौसम कुरेर बसेका छन् । दाङको गढवा गाउँपालिकाको वडा नम्बर १ बडहरा, पत्रिङगा, मलमला गाउँमा कुमाल समुदायले व्यावसायिक रुपमा माटाको भाँडा बनाउने गर्दछन् । अहिले कुमाल समुदायले हरितालिका (तिज), दसैँ, तिहार लगायतका पर्वलाई लक्षित गरी निर्माण गरेका पाला, खुत्रुके, गमला, पटेला, ठेकुवा, करुवा, पैनी सुक्न पाएका छैनन् । लगातार झरी पर्दा बाहिर काम गर्न नमिल्ने हुँदा अहिले कुमालेहरु माटाका भाँडा बनाउन व्यस्त छन् । गढवा गाउँपालिका वडा नम्बर १ बडहरा निवासी राजकुमार थारु कुमालले पानीमा घरबाहिर काम गर्न नमिल्ने हुनाले घरमै बसेर माटाका भाँडा बनाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, मौसम खुल्यो भने सुकाउने र पकाउने काम गर्छौ, यो समयमा जति सकिन्छ बनाउने तर्फ लागेका छौँ । विशेषगरी अहिले आफूहरू पाला, गमला बनाउन तर्फ केन्द्रित भएको कुमालले जानकारी दिनुभयो । चाडपर्वहरु नजिकिँदै गर्दा कुमाल समुदायलाई माटाका भाँडा बनाउन भ्याई नभ्याई छ ।