पोखरा – कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धोकेबाज भन्दै टिप्पणी गरेका छन्। प्रचण्डले धोका दिएर कांग्रेस माओवादीबीचको गठबन्धन टुटेको उनले बताए। शनिबार पोखरामा नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ गण्डकी प्रदेशको प्रथम अधिवेशनमा बोल्दै खड्काले गठबन्धन टुट्नुको रहस्य विस्तारै खुल्दै जाने बताए। गठबन्धन भत्किएर नेपाली कांग्रेसको अभियानलाई सशक्त […]