सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफ क्लबले ललितपुर मेयर महिला क्रिकेट च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा ९० रनको विजयी लक्ष्य पाएको एपीएफले १६ ओभर ५ बलमा चार विकेट गुमाएर पूरा गर्यो । एपीएफकी रोमा थापाले सर्वाधिक २३ रन बनाइन् । रोमाले २९ बलमा तीन चौका प्रहार गरिन् । यस्तै ममता चौधरीले १४, ओपनर ज्योति पाण्डेले ११ र इन्दु बर्माले १० रन बनाइन् ।सुदूरपश्चिमकी ईश्वरी विष्टले दुई र रितु कनौजियाले एक विकेट लिइन् । यसअघि टस जितेर ब्याटिङमा आएक