माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका लुम्बिनी प्रदेश मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बहुमत जुटाउने प्रयासमा सक्रियता बढाएका छन् । मुख्यमन्त्री चौधरीलाई अहिले ४३ प्रदेशसभा सदस्यको साथ छ । जनता समाज पार्टी संघीय सरकारको नयाँ गठबन्धनमा सामेल भएपछि चौधरीले सरकारमै रहेको नागरिक उन्मुक्तिलाई थप मन्त्रालय दिएर भए पनि सरकार जोगाउने प्रयत्नमा लागेका छन् । उनले शनिबार नागरिक उन्मुक्तिका नेता रेशम चौधरीसहितका नेतासँग बुटवलमा गोप्य भेटघाट गरेका छन् ।