दाङ- लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाई भएका कारण सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच कसिएको गाँठो अझैं फुकेको छैन। दुई दलका उच्च पदस्त नेताहरूको बिचमा छलफल गरेर सहमतीमा सरकार विस्तार गर्न प्रयास गरेपनि सहमती जुट्न सकेन। तिहार सकिए लगत्तै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अग्रसरतामा सहमती खोज्ने प्रयास गरियो। तर, त्यो प्रयासले तत्काल सहमती […]
३ भदौ, दाङ । सत्ता साझेदार दलबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा लुम्बिनी प्रदेश सरकारले तीन महिना बित्दा पनि पूर्णता पाउन सकेको छैन । गत वैशाख १४ गते लुम्बिनी प्रदेश सरकारको सत्ता सम्हालेका नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी हालको सात सदस्यीय मन्त्रिपरिषदलाई विस्तार गर्ने तयारीमा छन् । तर आफ्नै पार्टीभित्रका आकांक्षीहरु धेरै भएकाले उनले निर्णय लिन सकेका […]
केन्द्रमा फेरिएको सत्तासमीकरणको असर लुम्बिनी प्रदेश सरकारमा पनि देखिएको छ । लुम्बिनी प्रदेश सरकारलाई समर्थन दिएका ६ वटै दलले एकैपटक समर्थन फिर्ता लिने गरी तयारी थालेका छन् ।
सरकारलाई समर्थन फिर्ता...
रूपन्देही– बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेश सरकारले बनाएको रणनीति कार्यान्वयन प्रक्रिया सुरु भएको छ । सन् २०३० सम्म बालविवाह मुक्त लुम्बिनी प्रदेशको निर्माण गर्ने लक्ष्यका साथ लुम्बिनी प्रदेश सरकारले बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशको रणनीति तयार गरेको हो । रणनीति कार्यान्वयनका लागि प्रदेशका १२ वटै जिल्लामा अभिमुखीकरण कार्यक्रम गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय […]
१६ चैत, बुटवल । लुम्बिनी प्रदेश सरकारका पूर्वआर्थिक मामिलामन्त्री बैजनाथ चौधरीले वर्तमान सरकार वजेट खर्च गर्न असफल र निकम्मा भएको बताएका छन् । नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलले गरेको पत्रकार सम्मेलनमा संसदीय दलका उपनेता चौधरीले अहिलेको सरकारले एकातिर पुँजीगत खर्च २०–२२ प्रतिशत मात्र गरेको अर्कोतिर झण्डै डेढ अर्ब रुपैयाँ दायित्व सिर्जना गरेको बताए । […]
लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा अझै सबै मन्त्रालय सरिसकेका छैनन् । दुईवटा मन्त्रालय सरेपनि मन्त्री र कर्मचारी बुटवलमै बस्छन् । पूर्वाधार नबनिसकेकाले दाङको देउखुरीमा मन्त्रालय सार्न समस्या छ । तर, लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय सरि नसक्दै दाङमा प्रदेश स्थापना दिवस मनाउने निर्णय गरेको छ । तीन दिनसम्म विभिन्न कार्यक्रम गरी दाङमा स्थापना दिवस मनाउने निर्णय गरिएको लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए ।अहिलेसम्म प्रदेशका सबै काम
लुम्बिनी प्रदेशका कृषि खाद्य तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले प्रदेश सरकार कृषि मैत्री बन्दै गएको दाबी गरेकी छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले कृषि मैत्री बजेटको ब्यवस्था गरेको बताइन् ।उनले विगतमा भएका ठुला–ठुला अनुदानका कार्यक्रमहरु हटाएर वास्तविक किसानले लाभ लिन सक्न कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् । कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सचेतक निर्मला क्षेत्रीले कोरोना महामार
हेफर ईन्टरनेश्नललाई सम्मान बुटवल , २३ असोज । लुम्बिनी प्रदेशका कृषि खाद्य तथा भूमि ब्यवस्था मन्त्री शुमन शर्मा रायमाझीेले प्रदेश सरकार कृषि मैत्री बन्दै गएको दाबी गरिन । आफु बिना विभागिय मन्त्री हुदाँ प्रदेशका विभिन्न जिल्लामा कृषकहरुसँग अन्र्तक्रिया गरेको बताउदै अव कृषि मन्त्रीको रुपमा किसानका समस्या हल गर्ने बताईन । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले […]
११ साउन, बुटवल । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद टुंगो लागेसंगै त्यसको प्रत्यक्ष असर लुम्बिनी प्रदेश सरकारमा पर्ने भएको छ । जसपा विवादमा संघीय परिषद अध्यक्ष डा. बाबराम भट्टराई र कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव समूहले आधिकारिकता पाएसंगै एमाले नेता शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार थप धरापमा परेको हो । लुम्बिनी सरकारमा महन्थ ठाकुर […]
१८ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाएका छन् । जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएसँगै सरकार अल्पमतमा परेको हो । लुम्बिनी प्रदेशसभामा हाल कायम ८३ सांसदमध्ये सत्तारुढ एमालेका ३८ जना छन् । जसपाका ४ जना सांसद सरकारमा हुँदा सरकारको पक्षमा बहुमत थियो । तर […]