लुम्बिनी सरकार बजेट खर्च गर्न असफल : पूर्वमन्त्री चौधरी

१६ चैत, बुटवल । लुम्बिनी प्रदेश सरकारका पूर्वआर्थिक मामिलामन्त्री बैजनाथ चौधरीले वर्तमान सरकार वजेट खर्च गर्न असफल र निकम्मा भएको बताएका छन् । नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलले गरेको पत्रकार सम्मेलनमा संसदीय दलका उपनेता चौधरीले अहिलेको सरकारले एकातिर पुँजीगत खर्च २०–२२ प्रतिशत मात्र गरेको अर्कोतिर झण्डै डेढ अर्ब रुपैयाँ दायित्व सिर्जना गरेको बताए । […]