संघीय राजधानी काठमाडौं उपत्यकाका बासिन्दाका लागि खानेपानीको प्रमुख स्रोत रहेको मेलम्ची खानेपानी आयोजनामा सरकारले फेरि एकपटक लापरवाही गरेको छ । २०७८ असार १ मा मेलम्ची खोलाको जलाधार क्षेत्रमा आएको भीषण बाढी र पहिरोका कारण आयोजनाको बाँधस्थलमा पुगेको क्षतिले हिउँदमा मात्र पानी आपूर्ति हुने अवस्था छ । बाँधस्थलमा तत्काल मर्मत सम्भार गरी अथवा नयाँ संरचना बनाएर […]