सुकेटारमा निगमको सातामा एकदिन मात्र उडान

नेपाल वायु सेवा निगमले काठमाडौँ–ताप्लेजुङको उडान कटौती गरेको छ । जिल्लाको सुकेटार विमानस्थलमा प्रत्येक साताको चार दिन नियमित हुने गरेको उडान निगमले कटौती गरेको हो । निगमले तीन उडान कटौती गरेको नेपाल वायुसेवा निगम सुकेटर स्टेशन इञ्चार्ज लोकन्द्र लिम्बूले बताए । उनले भने, “अब साताको एकदिन बुधबार मात्र उडान हुने निगमको केन्द्रीय कार्यालयबाट निर्देशन आएको छ ।” यसअघि साताको सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी चार दिन उडान हुँदै आएको थियो ।निगमले उडान कटौती गरेसँगै आइतबार र सोमबारक

सम्बन्धित सामग्री

दशैंमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र

कोहलपुर (बाँके)। हिन्दू धर्मालम्वीहरूको महान् चाड दशैंको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन् । यहाँबाट पहाडी जिल्लाका लागि हवाई टिकट नपाउँदा दशैं मनाउन कर्णाली र सुदूरपश्चिम प्रदेश जाने सर्वसाधारण नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका हुन् । नेपालगञ्जमा भेटिएका हुम्लाका धनन्जय जेठाराले टिकट नपाउँदा पाँच दिनदेखि अलपत्र परेको बताए । भोजपुरमा शिक्षण पेसामा कार्यरत उनी दशैं मनाउनका लागि गृहजिल्ला जानका लागि यहाँ आए पनि टिकट नपाएकाले होटलमा बस्न बाध्य भएको बताए ।  'टिकट पाइन्छ कि भनेर दैनिकरूपमा नेपाल वायुसेवा निगमको टिकट विक्री तथा आरक्षण कक्ष धम्बोजीमा बिहानै जाने गरेको छु,' जेठाराले भने, 'बिहान ४ बजे टिकटका लागि यहाँ आएको अहिलेसम्म टिकट पाउन सकेको छैन ।' स्थलमार्ग सुरक्षित नहुँदा दुर्गम पहाडी जिल्लाका यात्रु हवाई मार्गबाट यात्रा गर्दछन् । हवाई नियमित नहुनु, सहजै टिकट नपाउनुलगायत कारणले यात्रुले समस्या भोग्दै आएका छन् । सडक सञ्जालको पहुँच नभएका कर्णाली प्रदेशको डोल्पा र हुम्लाका साथै जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुराका बासिन्दाले टिकट नपाउँदा सास्ती झेल्नुपरेको बताएका छन् । नियमित उडान नभएकाले टिकटको दुरुपयोग हुने गरेको यात्रुहरूको गुनासो छ ।  निगमका उडान अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सले नियमित उडान गर्नुभन्दा चार्टर उडानलाई प्राथमिकता दिनुलगायत कारणले टिकट पाउन मुस्किल हुने गरेको जेठाराले बताए । उनका अनुसार दशैंको समयमा अन्य समयभन्दा यात्रुको चाप बढी भए पनि पर्याप्त उडान नहुँदा यात्रुले सास्ती पाएका छन् ।  निजी एयरलाइन्सले नियमित उडान नगरेको भन्दै नियमित उडान भर्दै आएको वायुसेवामा पनि पहुँचवालाले मात्र टिकट पाउँदा आफूहरू समस्यामा परेको हुम्लाका कृष्णबहादुर सिंहले बताए । यसअघि सातामा तीन दिनमात्र उडान भर्दै आएको नेपाल एयरलाइन्सले दशैंलाई लक्षित गरी आइतवारदेखि आठ दिनका लागि उडान थप गरेको जनाएको छ ।  एयरलाइन्स क्षेत्रीय कार्यालय, नेपालगञ्जका स्टेशन प्रमुख मानबहादुर चौधरीका अनुसार दशैंको समयमा यात्रुको चाप बढी हुँदा उडान थप गरिएको छ । 'यसअघि हप्तामा तीन दिनमात्र उडान हुँदै आएको थियो,' उनले भने, 'अहिले आठ दिनका लागि उडान थप गरी नियमित बनाइएको छ ।' यात्रुलाई सहजरूपमा सेवा दिने प्रयास भइरहेको बताउँदै चौधरीले बिरामी, बच्चाबच्ची, वृद्धावृद्धालाई प्राथमिकतामा राखेर टिकट वितरण गरिएको जानकारी दिए। यात्रुको चाप बढ्दा सबैले टिकट पाउन असहज भएको उनको भनाइ थियो । बाजुरा कोल्टीकी सङ्गीता विष्टले दशैंका लागि घर जान हवाई टिकट काट्न आएको भन्दै टिकट नपाउँदा घर कसरी जाने भन्ने चिन्ता लागेको बताए । निगमले पहुँचवालालाई मात्र टिकट वितरण गर्दा आफूहरूले नपाएको उनको गुनासो थियो । 'एउटा उडानमा १७ सिट हुन्छ,' उनले भने, 'यहाँ सातओटा टिकट मात्र सर्वसाधारणलाई दिने गरिन्छ । बाँकी टिकट पहुँचवालाले पाउँछन् ।'  रासस

नेवानिले सुरु गर्‍यो क्वालालम्पुर–भैरहवा–काठमाडौं उडान

नेपाल वायुसेवा निगमले भैरहवा–क्वालालम्पुर उडान सुरु गरेको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार मलेसियाको क्वालालम्पुरबाट आएको निगमको न्यारोबडी विमान अवतरण भएको हो । सातामा एक दिन (मंगलबार) निगमको विमानले क्वालालम्पुर–भैरहवा–काठमाडौं उडान भर्ने गौतमबुद्ध विमानस्थलका प्रवक्ता दीपककुमार बज्राचार्यले जानकारी दिए । उनले भने, “भैरहवाबाट तत्काललाई निगमले हप्ताको एक उडान सुरु गरेको छ । निगमको विमानले […]

२५४ जना यात्रु लिएर दिल्ली उड्न लागेको नेपाल एयरलाइन्सको जहाज किन रोकियो ?

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले नेपाल वायुसेवा निगमको दिल्ली उडान रोकिदिएको छ । २५४ जना यात्रु लिएर नयाँदिल्ली उड्न लागेको निगमको वाइडबडीको आरए–२१७ उडान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले रोकिदिएको हो । नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निगमको उडान संख्या कटौती गरेपछि आज दिउँसो हुने निगमको दिल्ली उडान रोकिएको हो । प्राधिकरणले अन्तराष्ट्रिय उडानको तालिका स्वीकृत गर्ने क्रममा अक्टोबर ३० देखि मार्च २७ सम्मको तालिका अनुसार निगमको आइतबार र शुक्रबार दिउँसो १ः४५ बजे हुने काठमाडौँ–दिल्ली उडान कटौती गरेपछि आजको उडान रोकिएको हो । प्राधिकरणले निगमलाई भैरहवा विमानस्थलबाट पनि उडान सुरु गर्न भनेको तर, त्यहाँ यात्रु नभएका कारण निगमले उडान गर्न नसकेपछि भैरहवाबाट उडान नगरेको भन्दै प्राधिकरणले काठमाडौँ–दिल्ली सातामा सातै उडान हुँदै आएकोमा २ वटा उडान कटौती गरिदिएको हो ।ब्यापार नहुने भन्दै नेपाल एयरलाइन्ससहित हिमालयन एयरलाइन्सले भैरहवाबाट उडान गर्न मानिरहेका छैनन् । उसो त यात्रु घटेको भन्दै भैरहवाबाट उडान गरिरहेको जजीरा एयरलाइन्सले पनि उडान संख्या घटाएर सातामा ३ उडान मात्रै गर्न थालेको छ । यात्रु संख्या क्रमशः घटिरहेको दाबी गर्दै उक्त एयरलाइन्स कम्पनीले यही क्रम जारी रहे उडान नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने पनि बताइसकेको छ ।

निगमले जापानको नारितामा सातामा तीन उडान गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जापानको नारितामा सातामा तीन उडान गर्ने भएको छ । निगमले आगामी मे १ तारिखदेखि काठमाडौं–नारिता गन्तव्यमा सातामा तीन उडान गर्ने भएको हो । निगमले आइतवार, मंगलवार र शुक्रवार उडान गर्ने जानकारी दिएको छ । निगमले यसअघि सो गन्तव्यमा सातामा दुई उडान गर्दै आएको थियो । जापान सरकारको नियमानुसार आइतवार र मंगलवारको उडानमा १४० यात्रु र शुक्रवारको उडानमा १२० जना यात्रु मात्र बोक्न पाइनेछ । खासगरी कोभिड महामारी समान्य भएपछि हवाई यात्रुको चाप बढेको र मागको तुलनामा सिट संख्या न्यून रहेकाले उडान संख्या थप गर्न लागिएको निगमले बताएको छ । जहाजको क्षमताभन्दा करीब आधा कम क्षमतामा काठमाडौं–नारिता यात्रु बोक्नुपरेकाले हाल भाडादर केही महँगो भएको निगमको भनाइ छ । काठमाडौं–नारिता रूटमा करसहित बिजनेश क्लासमा १ लाख ५२ हजार रुपैयाँ र इकोनोमी क्लासमा १ लाख १९ हजार रुपैयाँ भाडादर कायम गरिएको छ । तोकिएको मूल्यभन्दा बढी भाडा लिई टिकट विक्री गरेको गुनासो आएकाले त्यस्तो भएको पाइए नियमानुसार कारबाही हुने पनि निगमले बताएको छ । कसैले बढी भाडा असुलेको पाइएमा यात्रुलाई प्रमाणसहित उजुरी गर्न निगमले अनुरोध गरेको छ । निगमले नारिता–काठमाडौं भने पूर्ण क्षमतामा उडान गरिरहेको छ । रासस

नयाँ दिल्ली गन्तव्यमा सातामा ६ उडान सञ्चालन हुने

नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा कूल ६ उडान सञ्चालन हुने भएको छ । यसअघि नयाँ दिल्लीमा साताको दुई उडान हुँदै आएकामा अब ६ उडान हुने भएको हो ।सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान सङ्ख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार अब नयाँ दिल्लीमा काठमाडौँबाट सोमबार, बुधबार र शनिबार निगमको जहाजले उडान भर्नेछ । यसअघि दुई उडान कायम रहेका बेला निगमले बुधबार र भारतको एयर इन्

सल्ले विमानस्थल तीन महिनापछि सञ्चालन

रुकुम : रुकुम पश्चिमको सल्ले विमानस्थल तीन महिनापछि सञ्चालनमा आएको छ। विमानस्थलमा नेपाल वायु सेवा निगमको जहाजले आइतबारदेखि सेवा सुरु गरेको हो। निगमको विमानले काठमाडौं–रुकुम–नेपालगञ्ज उडान गरेर सेवा सुरु गरेको हो। जहाजले काठमाडौं र नेपालगञ्ज गरी पहिलेकै तालिकाअनुसार सातामा एक एक दिन उडान भर्ने निगम स...

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइड बडी ‘अन्नपूर्ण’को पहिलो उडान दोहा

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार निगमको पहिलो वाइड बडी जहाजले राति १० बजे उडान गर्नेछ। निगमको जहाजले सातामा तीन उडान गर्नेछ। ‘नाइन एन एएलवाई’ कलसाइन दिएको उक्त वाइड बडी ए ३३०–२०० सिरिजको विमानले पुरानो गन्तव्य कतारको राजधानी दोहाबाट आफ्नो पहिलो उडान भर्न लागेको निगमले जनाएको छ। दोहाका लागि निगमको २७४ सिट नै भरिसकेको छ।

मुसिकोट सल्ले विमानस्थलमा अब सातामा चारदिन उडान :: Pahilopost.com

रुकुम: नेपाल वायुसेवा निगमले रुकुमको मुसिकोट सल्ले विमानस्थलमा अब साताको चार दिन उडान भर्ने भएको छ। यसअघि सातामा दुई उडान भर्दै आएको निगमले सोमबारदेखि थप दुई उडान भर्ने भएको हो। यसअघि निगमले आइतबार काठमाडौँ–सल्ले–नेपालगन्ज र सोमबार नेपालगन्ज–रुकुम–काठमाडौँ उडान भर्दै आएको थियो। बुधबार काठमाडौँ–सल्ले–नेपालगन्ज र बिहीबार नेपालगन्ज–रुकुम–काठमाडौँ उडान भर्ने निगमको रुकुम